बिहीबार, भदौ ४, २०८३

काठमाडौं उपत्यकामा पुस ४ गते सार्वजनिक बिदा

यस्तै सोही दिन उधौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस परेकाले यी पर्व मनाउने समुदायका देशभरका कर्मचारीलाई पनि बिदा दिइने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ।
 |  शुक्रबार, पुस २, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २, २०७८

काठमाडौं- सरकारले पुस ४ गते काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शुक्रबार गृह मन्त्रालयले सूचना जारी गर्दै पुस ४ गते उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय गरिएको जानकारी दिएको हो। 

यस्तै सोही दिन उधौली पर्व, योमरी पुन्ही, ज्यापु दिवस परेकाले यी पर्व मनाउने समुदायका देशभरका कर्मचारीलाई पनि बिदा दिइने मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। 

मन्त्रिपरिषद् बैठकले पुस १ गते पुस ४ गते उपत्यकामा पूर्ण रूपमा सार्वजनिक बिदा र देशका अन्य स्थानमा सम्बन्धित समुदायका कर्मचारीका लागि बिदा दिने निर्णय गरेको हो। 

प्रकाशित: Dec 17, 2021| 15:26 शुक्रबार, पुस २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...