राष्ट्रपति विद्यादेवी भण्डारीले भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शितल निवास पुगेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार नियमित भेटघाटका लागि प्रधानमन्त्री देउवा शितल निवास पुगेका हुन्।
यो साता कोरोना संक्रमणको दर पनि बढ्न थालेको छ। आइतबार २१६ जनामा संक्रमण भएकामा सोमबार ३२६, मंगलबार ३९५ र बुधबार ४३५ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयको विवरणमा जनाइएको छ।
नारायणहिटी दरबार संग्राहालयमा रेस्टुरेन्ट निर्माण गरिरहेको बतास समूहसँग नाम जोडिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी डा आरजु राणा देउवाले स्पष्टीकरण दिएकी छिन्।
काठमाडौँ महानगरपालिका-१४ कलङ्कीस्थित सडकमा प्रदेश नम्बर ३-०२-०११ प ४६८१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार धादिङकी २७ वर्षीय शोफिया श्रेष्ठको गएराति मृत्यु भएको हो।