शुक्रबार, चैत ६, २०८२

१३ हजार ९३ प्रावि शिक्षक माग्दा उपत्यकामा शून्य [प्रावि तहको नमुना प्रश्नपत्रसहित]

शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदपूर्तिका लागि खुलाएको प्राथमिक तहको विज्ञापनमा उपत्यकामा भने दरबन्दी नै खुलाएको छैन।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काठमाडौं – शिक्षक सेवा आयोगले स्थायी शिक्षक पदपूर्तिका लागि खुलाएको प्राथमिक तहको विज्ञापनमा उपत्यकामा भने दरबन्दी नै खुलाएको छैन। केन्द्रले आयोगलाई पठाएको तथ्यांकमा काठमाडौं उपत्यकामा प्रावि शिक्षकको खुद पुल दरबन्दी रिक्त नभएकाले उपत्यकामा विज्ञापन नखुलाइएको हो।

National life

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक वसन्तप्रसाद कोइरालाले काठमाडौं, ललितपुर र भक्तपुरमा प्रावि दरबन्दी रिक्त नभएकाले विज्ञापनका लागि विवरण नपठाइएको जानकारी दिए। उनले  बढी भएको दरबन्दीलाई बागमती प्रदेशका अन्य स्थानमा थप गरिएकाले बताए। यस्तै उपत्यकामा प्रावि तहका शिक्षक जिल्लान्तर सरुवा भएर पनि आउन नपाउने भएका छन्।

कोइरालाले भने, ‘प्राविमा उपत्यकामा हाल कायम रहेको दरबन्दी बढी छ। रिक्त दरबन्दी नै छैन। जिल्लान्तर सरुवा भएर पनि यहाँ आउने अवस्था छैन। बढी भएको दरबन्दीलाई अन्यत्र सारेका छौं।’ वि तहको विज्ञापनमा बागमती प्रदेशभित्र १० जिल्लाका लागि मात्र विज्ञापन आह्वान गरिएको छ।

प्रावि तहमा बागमती प्रदेशभित्र माग भएको शिक्षकको संख्या 


Laxmi sunrise bank
kumari

यस्तो छ प्रावि तहको नमुना प्रश्नपत्र


प्रकाशित: Jan 06, 2022| 14:40 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्