काठमाडौं– सरकारले जापान सरकारबाट करिब साढे १० अर्ब रुपैयाँ ऋण लिने भएको छ। यसका लागि बुधबार बसेको मन्त्रीपरिषदको बैठकले स्वीकृति दिइसकेको छ।
‘आर्थिक वृद्धि तथा उत्पादशिलताका लागि १० बिलियन जापानी युआन अर्थात करिब १० अर्ब ३९ करोड नीतिगत ऋण स्वीकार गर्ने निर्णय गरिएको छ’ सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने। बुधबार मन्त्रीपरिषदले आर्थिक वर्ष २०७८–०७९का उखुको समर्थन मूल्य निर्धारण गर्ने निर्णय गरेको समेत प्रवक्ता कार्कीले जानकारी गराए।
त्यस्तै नेपाल विद्युत प्राधिकरणका विभिन्न वितरण केन्द्र र प्रसारण लाइन आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारवाही चलाउने अधिकारी तोक्ने निर्णय समेत गरिएको उनले जानकारी गराए।