शुक्रबार, चैत ६, २०८२

काठमाडौं मेडिकल कलेजमा शिक्षामन्त्रीको आकस्मिक अनुगमन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजमा आकस्मिक अनुगमन गरेका छन्।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले काठमाडौं मेडिकल कलेजमा आकस्मिक अनुगमन गरेका छन्।

National life

चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजुरीपछि प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मासहित शिक्षामन्त्री अनुगमनमा गएका हुन्। 

अनुगनका क्रममा मन्त्री पौडेलले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण गरेकाले बढी शुल्क लिन नपाउने स्पष्ट पारे। मन्त्री पौडेलले कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलाई बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित नगरे कानुनअनुसार कारबाही गर्ने इंगित गर्दै शुल्कका सम्बन्धमा भोलिसम्म रिपोर्ट पेश गर्न पनि निर्देशन दिएका छन्। ‘भोलि बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा विद्यार्थी र अभिभावकसँग बसेर वार्ता गर्नुहोस्’ मन्त्री पौडेलले भने। 

मन्त्री पौडेलसँगै केएमसी पुगेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार बिहान साढे १० बजे विद्यार्थीसहित कलेज प्रशासनलाई वार्ताका लागि बोलाएकी छन्।

काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले तालाबन्दी र प्रदर्शन गर्दै आइरहेका छन्। बुधबार शिक्षा मन्त्रालयले विद्यार्थीसँग बढी शुल्क असुल गर्ने कलेजलाई कानुनी कारबाही गरी सम्बन्धन खारेज गर्ने चेतावनीसमेत दिएको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 06, 2022| 13:31 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्