काठमाडौं– प्रधानमन्त्री कप क्रिकेट यही पुस २६ गतेबाट हुने भएको छ। टी २० फर्म्याटमा पहिलोपटक हुन लागेको प्रतियोगितामा सहभागी टिमहरूलाई २ समूहमा विभाजन गरिएको छ।
समूह ए मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल प्रहरी, सुदूरपश्चिम प्रदेश र प्रदेश १ छन् भने समूह बीमा एपीएफ, प्रदेश नम्बर २, बागमती प्रदेश, लुम्बिनी र गण्डकी प्रदेश छन्।
विभिन्न टिमका खेलाडी अहिले ग्लोबल क्वालिफायरका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा छन्। उनीहरू अब रिलिज हुनेछन्। राष्ट्रिय टिममा बोलाइएका खेलाडीहरूले आफ्नो टिममा पनि प्रशिक्षक पुबुदु दाशानायकले भने बमोजिमको रोलमा खेल्नुपर्ने छ।
यस्तो छ तालिका