शुक्रबार, असोज १६, २०८३

साताको अन्तिम कारोबार दिन कस्तो रह्यो सेयर बजार?

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ४३.२९ अंकले बढेको छ।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ४३.२९ अंकले बढेको छ। बुधबार ३०.७५ अंकले गिरावट आएको नेप्से परिसूचक आज बढेर २६९२.४७ विन्दुमा पुगेको हो।

आज कारोबारमा आएका २३८ कम्पनीको ७३ लाख ३६ हजार कित्ता सेयर ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्से बढे पनि आज कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा घटेको छ। बुधबार  ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको सेयर कारोबार भएको थियो।

१३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक ३.४८ प्रतिशत बढेको छ। त्यस्तै, जलविद्युत र निर्जीवन बिमा उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ भने बैंकिङ, विकास बैंक, वित्त, लगानी, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। आज व्यापार र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक भने घटेको छ।

बिहीबार तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। नेपाल फाइनान्स, तेह्रथुम पावर कम्पनी र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। आज कारोबारमा आएको एनबीबीएल डिबेञ्चरको मूल्य भने ३.५३ प्रतिशत घटेको छ। 

कारोबार रकमका आधारमा १६ करोड ३७ लाख रुपैयाँबराबरको सेयर कारोबार गरेर अपि पावर कम्पनी पहिलो स्थानमा रहेको छ। त्यस्तै एनआईसी एसिया बैंक र नेशनल माइक्रोफाइनान्सको  पनि १० करोडभन्दा बढीको कारोबार भएको छ।

प्रकाशित: Jan 06, 2022| 17:07 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्