शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • 'वैज्ञानिक वन'मा करिब ७ करोड भ्रष्टाचार गर्ने निर्देशक विष्टविरुद्ध मुद्दा दायर

'वैज्ञानिक वन'मा करिब ७ करोड भ्रष्टाचार गर्ने निर्देशक विष्टविरुद्ध मुद्दा दायर

विष्टले गैरकानुनी रुपमा ६ करोड ८७ लाख ५७ हजार ८ सय ६० रकम आर्जन गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

धनगढी- सुदूरपश्चिमका निमित्त वन निर्देशक हेमराज विष्टमाथि भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दायर गरेको हो। 

विष्टले गैरकानुनी रुपमा ६ करोड ८७ लाख ५७ हजार ८ सय ६० रकम आर्जन गरेको अख्तियारले दायर गरेको आरोपपत्रमा उल्लेख छ।

वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत सामुदायिक वन उपभोक्ता समूहका साधारण सदस्य र पदाधिकारीहरुले कीर्ते गर्ने र नक्कली वन उपभोक्ता खडा गरी रुख कटान गर्ने काम गरी उनले भ्रष्टाचार गरेको आरोप लागेको थियो।

यो विषयमा सार्वजनिक लेखा समितिको उपसमितिद्वारा गठित वैज्ञानिक वन व्यवस्थापन अध्ययन उपसमितिले विष्टमाथि कारबाही सिफारिस गरेको थियो।

अख्तियारले विष्टकी श्रीमती रुबी जिसी विष्टको नाममा भएका घरजग्गा तथा बैंक खाताहरुबाट सम्पत्ति जफत गर्न माग दाबी गरेको छ। उनलाई समेत प्रतिवादी बनाएर मुद्दा दायर गरिएको हो। 

प्रकाशित: Jan 06, 2022| 16:07 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्