बुधबार, भदौ ३, २०८३

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री देउवा शितल निवास

राष्ट्रपति विद्यादेवी भण्डारीले भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शितल निवास पुगेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार नियमित भेटघाटका लागि प्रधानमन्त्री देउवा शितल निवास पुगेका हुन्।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा शितल निवास पुगेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार नियमित भेटघाटका लागि प्रधानमन्त्री देउवा शितल निवास पुगेका हुन्। 

सचिवालय स्रोतले भन्‍यो, ‘नियमित भेटघाट हो, समसामयिक परिस्थितिका विषयमै छलफल हुन्छ।’

आगामी आइतबार भारत भ्रमणमा जाने तयारीमा रहेका देउवा अचानक भ्रमण रद्द भएपछि नियमित भेटघाट र कार्यक्रमहरूमा सक्रिय बनेका हुन्। 

प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग भेट्न बालकोट जान तयार भएका देउवा बिहीबार राष्ट्रपति भेट्न शितल निवास पुगेका हुन्। 

निरन्तर संसद् अवरुद्ध गर्दै आएका ओलीले सभामुखको राजीनामा माग गरिरहेका छन्। देउवाले भने संसद् सुरु गराएर अमेरिकी सहयोग परियोजना एमसीसीलगायतका मुद्दाहरुलाई संसद्मा पेश गर्ने रणनीति अपनाएका छन्। 


प्रकाशित: Jan 06, 2022| 17:47 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...