आइतबार, असार २१, २०८३

राष्ट्रिय भारोत्तोलन यसै महिना

नेपाल भारोत्तोलन संघको आयोजनामा २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारात्तोलन प्रतियोगिता यही पुस २७ गतेदेखि हुने भएको छ।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काठमाडौं– नेपाल भारोत्तोलन संघको आयोजनामा २४ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय भारात्तोलन प्रतियोगिता यही पुस २७ गतेदेखि हुने भएको छ।

प्रतियोगितामा तीन विभागीय टोली नेपाल आर्मी, नेपाल प्रहरी र एपीएफसहित विभिन्न २० जिल्लाका गरी जम्मा २३ टिमको सहभागिता रहने आयोजक संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए। करिब २ सय खेलाडी सहभागी हुने छन् ।

जुनियर/सिनियर तथा युथ पुरुष/महिलातर्फ विभिन्न ४० तौल समूहमा प्रतिस्पर्धा हुने छ। सहभागी टोलीको खाना, बसोवास र यातायात खर्च आयोजक संघले व्यहोर्ने छ। तीन दिने प्रतियोगिताका खेलहरु मध्यपुर थिमी नगरपालिकाको थिमी बैंक्वेटमा हुने छ।

अध्यक्ष श्रेष्ठले कोभिड– १९ का कारण लामो समयदेखि हुन नसकेको प्रतियोगितालाई सम्बन्धित सबैको साथ र सहयोगले सफल हुने विश्वास व्यक्त गरे। मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले नगरपालिकाले खेल क्षेत्रलाई अगाडि बढाउन हरदम सहयोग गरिरहेको स्मरण गर्दै प्रतियोगितामा पनि नगरपालिकाको साथ र सहयोग रहने प्रतिबद्धता जनाए।

प्रकाशित: Jan 06, 2022| 15:12 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।