बुधबार, भदौ ३, २०८३

प्रधानमन्त्री देउवा सहभागी हुने तय भएको गुजरात समिट स्थगित

भारतको गुजरातमा यही जनवरी १० देखि १२ सम्म आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काठमाडौं– भारतको गुजरातमा यही जनवरी १० देखि १२ सम्म आयोजना गरिएको भाइब्रेन्ट गुजरात समिट स्थगित भएको छ। भारतमा बढेको ओमिक्रोन भेरिएन्टका कारण समिट स्थगित भएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने भनिएको उक्त सम्मेलन स्थगित भएपछि देउवाको भारत भ्रमण पनि अनिश्चित भएको छ। 

पछिल्लो २४ घण्टामा भारतमा ९० हजार ९२८ जनामा कोरोना संक्रमण देखिएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा ३२५ जनाको मृत्यु भएको छ। 
यसअघि मंगलबार ५८ हजार ९७ जनामा कोरोना पुष्टि भएको थियो। अघिल्लो दिनको तुलनामा एक दिनमा ३० हजारभन्दा धेरै संक्रमित थपिएका हुन्। 
भारतमा अहिले संक्रमणदर ६.४३ पुगेको छ। अहिले त्यहाँ सक्रिय संक्रमितको संख्या २ लाख ५८ हजारभन्दा बढी छ।

प्रकाशित: Jan 06, 2022| 12:52 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...