जातका आधारमा हुने विभेदलाई कानुनले निषेध गरेको र बुटवलमा मानव भएर बाँच्न मानवताको सहर नारा तय गरिए पनि त्यसैलाई खिल्ली उडाउँदै जातीय भेदभावको घटना सार्वजनिक भएको हो।
सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका, प्रदेशको अस्थायी मुकामसमेत रहेको धनगढीले आगामी आर्थिक वर्षका लागि एक अर्ब ८२ करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गाउँपालिका, नगरपालिका मात्र नभएर जिल्ला समन्वय समितिसम्मको चुनावले निर्वाचनको एउटा तस्बिर दिएको बताए।
अर्थमन्त्री जनार्दन शर्माले बजेट वक्तव्यमै स्वास्थ्य बिमा कार्यक्रम कम्पनीमार्फत सञ्चालन गर्ने घोषणा गरेसँगै सरकारले दायित्व नलिने आशंकामा स्वास्थ्य बिमा कार्यक्रम असफल हुने डर बढेको छ।