आइतबार, पुस २७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • यूएईविरुद्ध जवाफी ब्याटिङ गर्नै पाएन नेपालले, वर्षाले खेल रद्द भएपछि सेमिफाइनलबाटै बाहिरियो

यूएईविरुद्ध जवाफी ब्याटिङ गर्नै पाएन नेपालले, वर्षाले खेल रद्द भएपछि सेमिफाइनलबाटै बाहिरियो

नेपाल एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ। वर्षाले यूएईविरुद्धको खेल रद्द भएका कारण नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं– नेपाल एसीसी महिला क्रिकेट टी–२० च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ। वर्षाले यूएईविरुद्धको खेल रद्द भएका कारण नेपाल सेमिफाइनलबाटै बाहिरिएको हो।

National life

नेपालले उत्कृष्ट बलिङ गर्दै यूएईलाई सस्तैमा समेटे पनि जवाफी ब्याटिङ गर्न पाएन। खेल रद्द भएपछि समूह विजेतका रूपमा यूएई फाइनल पुगेको छ। अब यूएईले हङकङ र मलेसियाबीच खेलको विजेतासँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ।

मलेसियाको किनरारा ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले यूएईलाई ८१ रनमा अलआउट गरेको थियो। नेपालका लागि अश्मिना कर्माचार्यले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएकी थिइन्।

समूह चरणमा तीन खेल जिते पनि नेपाल हङकङसँग भने पराजित भएको थियो। नेपालको ६ अंकसहित समूहको उपविजेता बनेको हो।


Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 24, 2022| 12:28 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।