मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • स्थानीय तह चुनावको गम्भीर समीक्षा गर्दै आगामी बाटो तय गरौं : माधव नेपाल

स्थानीय तह चुनावको गम्भीर समीक्षा गर्दै आगामी बाटो तय गरौं : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गाउँपालिका, नगरपालिका मात्र नभएर जिल्ला समन्वय समितिसम्मको चुनावले निर्वाचनको एउटा तस्बिर दिएको बताए।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गाउँपालिका, नगरपालिका मात्र नभएर जिल्ला समन्वय समितिसम्मको चुनावले निर्वाचनको एउटा तस्बिर दिएको बताए।

पार्टीको पोलिटब्युरो बैठकमा बोल्दै अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन्। 'अहिलेको निर्वाचनले एउटा तस्बिर देखाएको छ। यो शक्ति सन्तुलनको तस्बिर पनि हो। अब आजसम्म पार्टीले गरेका निर्णयको बैठकमा समीक्षा गर्नु आवश्यक छ। जसले पार्टीलाई उपयुक्त शिक्षा र आगामी दिशा दिने छ,' उनले भने।

उनले बैठकको छलफलले आगामी दिनका सम्भावनालाई प्रयोग गर्दै चुनौतिको सामना गर्ने शिक्षा दिनेसमेत आफूले विश्वास लिएको बताए। पोलिटब्युरो बैठकबाट निस्केका महत्त्वपूर्ण विषयको केन्द्रीय परिषद्‍ बैठकमा छलफल गरिने उनले बताए।

'हाम्रासामू ठोस परिस्थितिको ठोस विश्लेषण गर्नु पर्ने र सही नीति तर्जुमा गर्नू पर्ने बेला आएको छ।

पार्टी बलियो रहेर सही नीतिका साथअघि बढ्यो भने सबै हामीले चुनौतिको सामना गर्न सक्छौं,' अध्यक्ष नेपालले भने।

उनले देश र राष्ट्रप्रतिको समर्पण भाव भएकाहरू असली कम्युनिस्ट भएको बताए। उनले कम्युनिस्टहरू कहिले विचारबाट विचलित नहुने दाबी गरे।

'कम्युनिस्टहरू पार्टी र आन्दोलनलाई महत्त्व दिन्छन्। विदेशी सामू घुँडा टेक्दैन, विदेशीलाई महत्त्व दिँदैन, विदेशीको इसारा र स्वार्थमा चल्दैनन्। राष्ट्रको भलाई केन्द्रविन्दुमा राख्छन्,' नेपालले भने।

बैठकमा अध्यक्ष नेपालले राजनीतिक तथा सांगठनिक प्रतिवेदन पेश गर्ने छन्। आजको बैठकमा प्रतिवेदनमाथि छलफल हुने र पोलिटब्युरो सदस्यहरूले निर्वाचनको समीक्षा गर्ने बताइएको छ। एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शनिबार बस्ने छ।

प्रकाशित: Jun 24, 2022| 12:34 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...