सोमबार, असार ८, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • पार्टीले अपराधीजस्तै व्यवहार गरेको नेकपा एसका मन्त्रीको गुनासो, ६ सांसदको पनि साथ

पार्टीले अपराधीजस्तै व्यवहार गरेको नेकपा एसका मन्त्रीको गुनासो, ६ सांसदको पनि साथ

नेकपा एसका मन्त्रीसहित ६ सांसदले संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष माधव कुमार नेपाललाई ध्यानाकर्षण पत्र बुझाएका छन्।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं- सत्ता साझेदार दल नेकपा एकीकृत समाजवादीका १० जना सांसदले मन्त्री फेर्ने पार्टीको निर्णय नमान्ने भन्दै 'विद्रोह' गरेका छन्। नेकपा एसका मन्त्रीसहित ६ जना सांसदले संसदीय दलको बैठक बोलाउन माग गर्दै अध्यक्ष माधवकुमार नेपाललाई ध्यानाकर्षणपत्र पनि बुझाएका छन्। 

National life

संसदीय दलको बैठक बोलाउन माग गर्नेमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, सहरी विकासमन्त्री रामकुमारी झाँक्री, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन्त्री प्रेम आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठ छन्। 

यस्तै सांसदहरू कृष्णलाल महर्जन, गोपाल बहादुर बम, बिनादेवी बुढाथोकी, पुष्पा कुमारी कर्ण कायस्थ, धन बहादुर बुढा र निरा जैरुले पनि ध्यानाकर्षण पत्रमा हस्ताक्षर गरेका छन्। उनीहरूले संसदीय दलको बैठक बोलाउन माग गर्दै सरकारमा रहेका पार्टीका नेता (मन्त्री)हरूलाई अपराधीको जस्तो व्यवहार गरिएको आरोप लगाएका छन्। 

'पूर्व जानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौं भनेर नेतृत्वलाई मन्त्रीहरुले दिएको विश्वासमा ठेस पुर्‍याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठिक मान्न सकिँदैन,' ध्यानाकर्षण पत्रमा भनिएको छ। 

एकीकृत समाजवादीका १० सांसदले उठाएको ८ बुँदे माग:

Shivam cement

१) आगामी आर्थिक वर्ष २०७९/८० को बजेट अधिवेशन चलिरहेको समयमा एक्कासि मन्त्रीमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वाभाविक मान्न सकिन्न। 

२) पूर्व जानकारी पाउँदा स्वाभाविक प्रक्रियाबाट मन्त्री पदबाट राजीनामा गरेर आउँछौं भनेर नेतृत्वलाई मन्त्रीहरुले दिएको विश्वासमा ठेस पुर्याउने र पटक पटक अपराधीलाई जस्तो व्यवहार गरियो, यस्तो व्यवहार कदापि ठिक मान्न सकिँदैन। 

३) स्थायी कमिटीको बैठकमा समेत अध्यक्ष कमरेडले गठबन्धनमा समस्या भएकोले बजेट पास भएपछि गठबन्धनमा रहेका दलहरुसँग सल्लाह गरेर पार्टीको निर्णय कार्यान्वयन गर्ने भनेर दिएको निष्कर्ष विपरीत पटक–पटक आजै/भोलि नयाँ मन्त्रीहरुलाई शपथ गराउन प्रधानमन्त्रीलाई दिएको दबाब किमार्थ राम्रो मान्न सकिन्न।

४) मन्त्रीहरुले संसदमा बजेटसम्बन्धी आफ्ना धारणा राख्ने र माननीय सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिएर बजेट पास भएपछि छोड्नेछौं भन्ने प्रतिवद्धतालाई कमजोरी ठानियो, यो व्यवहारप्रति हामी गम्भीर छौं।

५) प्रस्ताव गरिएका नयाँ मन्त्रीहरुको नामावली असमावेशी र असन्तुलित छ। यसप्रति हामी गम्भीर असहमत छौं। 

६) पालैपालो मन्त्री बनाउँछु भन्ने नेतृत्वको भनाइलाई सहि मान्ने हो भने पनि सबैलाई एउटै व्यवहार र मापदण्ड लागू नभएको, महिलाको सहभागिता नभएको, गैरसांसद र एकै जिल्लाबाट दुई जना एकैपटक मन्त्रीमा सिफारिस गरेको, पुराना र नयाँको सन्तुलन नमिलाएको कुराप्रति हामी गम्भीर असहमत छौं।

७) मन्त्रीमण्डल पुनर्गठन गर्दा पुरानो टिम पूरै फिर्ता र नयाँ टिम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिश गर्न जोडदार माग गर्दछौं।

८) यी तमाम विषयमा छलफल गर्न तत्काल संसदीय दलको बैठक बोलाउन समेत माग गर्दछौं।



प्रकाशित: Jun 24, 2022| 11:59 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...