शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • भक्तपुरको प्राथमिकतामा शिक्षा र संस्कृति [बजेटको पूर्णपाठसहित]

भक्तपुरको प्राथमिकतामा शिक्षा र संस्कृति [बजेटको पूर्णपाठसहित]

भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि दुई अर्ब १८ करोड रुपैयाँको बजेट ल्याएको छ।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं– भक्तपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९–०८० का लागि दुई अर्ब १८ करोड रुपैयाँको बजेट ल्याएको छ। शुक्रबार नगरसभामा नगर प्रमुख सुनिल प्रजापतिले बजेट पेश गरेका हुन्।

National life

नगरपालिकाले शिक्षा र संस्कृतिलाई प्राथमिकता दिँदै ती क्षेत्रका लागि ४२ करोड ४४ लाख ८ हजार रुपैयाँ (१९.४३) प्रतिशत बजेट विनियोजन गरेको छ।

नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालका लागि अनुदानबापत ८ करोड, वडा–वडामा प्राथमिक स्वास्थ्य उपचार केन्द्र निर्माणका लागि २ करोड ८३ लाख २० हजार विनियोजन गरिएको छ। नगरपालिकाभित्रका सम्पदा संरक्षणमा ९ करोड विनियोजन गरिएको छ।

भौतिक पूवार्धार निर्माणका लागि ३९ करोड ४८ लाख विनियोजन गरिएको छ। फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा १३ करोड ५० लाख विनियोजन गरिएको छ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा ५१ करोड ६८ लाख रुपैयाँ विनियोजन गरिएको छ। युवा तथा खेलकुद क्षेत्रमा ६ करोड १ लाख ९९ हजार विनियोजन गरिएको छ भने कृषि  एवम् बीउबिजनका लागि २ करोड ७ लाख छुट्याइएको छ।

Laxmi sunrise bank
kumari


प्रकाशित: Jun 24, 2022| 14:33 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।