शुक्रबार, कात्तिक २८, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • भरतपुरले ल्यायो पौने ६ अर्बको बजेट, फोहोर व्यवस्थापनमा काठमाडौंकै मोडल

भरतपुरले ल्यायो पौने ६ अर्बको बजेट, फोहोर व्यवस्थापनमा काठमाडौंकै मोडल

चितवनको भरतपुर महानगरपालिकाको ११औं अधिवेशन तथा नगरसभा शुक्रबारबाट सुरू भएको छ।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं– चितवनको भरतपुर महानगरपालिकाको ११औं अधिवेशन तथा नगरसभा शुक्रबारबाट सुरू भएको छ। नगरसभामा मेयर रेनु दाहालले आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम र उपमेयर चित्रसेन अधिकारीले बजेट पेस गरेका छन्। 

National life

आर्थिक वर्ष २०७९–८० का लागि महानगरले ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार रुपैयाँ प्रस्ताव गरेको छ। यसको स्रोतको रुपमा आन्तरिक आय १ अर्ब ५० करोड रुपैयाँ रहने छ। त्यसैगरी विकास निर्माणका लागि जनसहभागितामार्फत ३६ करोड रुपैयाँ जुटाइने बजेट वक्तव्यमा उल्लेख छ। चालू आर्थिक वर्षमा महानगरको बजेट ५ अर्ब ५१ करोड रुपैयाँ छ। 

महानगरले कृषि एम्बुलेन्सको व्यवस्था गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ। अबदेखि फोहोर व्यवस्थापनका लागि घरघरमै कुहिने र नकुहिने फोहोर छुट्याएर संकलन गरिने पनि मेयर दाहालले बताइन्। 

महानगरमा तत्काल तीनवटा रुटमा विद्युतीय बस चलाउने, भरतपुरदेखि देवघाटधामसम्म जेष्ठ नागरिकका लागि विद्युतीय बस चलाउने दाहालले बताइन्। 

२०८० साललाई भरतपुर भ्रमण वर्ष घोषणा गरेर पर्यटन प्रवर्धन गर्ने योजना पनि दाहालले सुनाइन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 24, 2022| 14:21 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।