बुधबार, कात्तिक १९, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • विराटनगरले ल्यायो ३ अर्ब ६२ करोडको बजेट, चालू आवभन्दा १ अर्ब कम

विराटनगरले ल्यायो ३ अर्ब ६२ करोडको बजेट, चालू आवभन्दा १ अर्ब कम

विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३ अर्ब ६२ करोड ५५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

विराटनगर- विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि ३ अर्ब ६२ करोड ५५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। महानगर उपप्रमुख शिल्पा निराला कार्कीले शुक्रबार महानगरको १०औं नगरसभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन्। आगामी आवको बजेट चालु आवको भन्दा १ अर्बले कम हो।

Kumaribank

विराटनगरले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेको छ। पूर्वाधारमा १ अर्ब ८९ करोड ७१ लाख १७ हजार बजेट विनियोजन गरेको विवराटनले कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चमा ५५ करोड ३५ लाख ५० हजार विनियोजन गरेको छ। आर्थिक विकासका लागि २७ करोड ७३ लाख छुट्याउँदा सामाजिक विकासमा ७८ करोड ३९ लाख भाग लगाइएको छ।  वातावरण तथा विपद व्यवस्थापन गर्न विराटनगरे ३ करोड ६० लाख खर्च गर्ने योजना बनाएको छ। 

वडास्तरीय योजनाका लागि ४२ करोड ६८ लाख १७ हजार विनियोजन गर्दा नगर स्तरीय आयोजनाका लागि ३० करोड खर्च गर्ने विराटनगरको योजना छ। 

महानगरले संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब २१ करोड ८५ लाख, प्रदेश सरकारबाट ४ करोड ९१ लाख ९७ हजार, राजश्व बाँडफाँटबाट १ अर्ब १३ करोड ९९ लाख ७० हजार, आन्तरिक आय १ अर्ब जुटाउने विराटनगरको लक्ष्य छ। यस्तै जनसहभागिताबाट ८ करोड, अनुदान तथा ऋणबाट १० करोड १९ लाख र संघ सस्थाबाट ३ करोड ६० लाख अनुमान गरिएको छ। 

प्रकाशित: Jun 24, 2022| 15:22 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।