सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

धनगढी उपमहानगरको बजेट एक अर्ब ८२ करोड

सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका, प्रदेशको अस्थायी मुकामसमेत रहेको धनगढीले आगामी आर्थिक वर्षका लागि एक अर्ब ८२ करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ।
 |  शुक्रबार, असार १०, २०७९
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

धनगढी- सुदूरपश्चिम प्रदेशको एक मात्र उपमहानगरपालिका, प्रदेशको अस्थायी मुकामसमेत रहेको धनगढीले आगामी आर्थिक वर्षका लागि एक अर्ब ८२ करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ।

triton college

आज आठौं नगर सभामा पेस हुने धनगढी उपमहानगरपालिकाको बजेटको आकार आगामी आर्थिक वर्ष २०७९/८० का लागि एक अर्ब ८२ करोडको हाराहारीमा प्रस्तुत हुने जनाइएको छ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/७९ मा एक अर्ब ८१ करोड २८ लाख २२ हजार एक सय रुपैयाँ बराबरको बजेट प्रस्तुत गरेको थियो। आज उपप्रमुख कन्दकला रानाले सभामा बजेट प्रस्तुत गर्ने जनाइएको छ। 

यसअघि धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले सार्वजनिक जग्गा, खोलानाला, नदी अतिक्रमणलाई नियन्त्रण गर्दै अतिक्रमण व्यवस्थापन तथा व्यवस्थित बस्ती विकासलाई प्राथमिकता राखी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

नगर प्रमुख हमालले जनस्वास्थ्य, सरसफाइ तथा मानव सामर्थ्य विस्तार, कृषि तथा पशुपन्छी उत्पादन, उत्पादकत्व अभिवृद्धि, बजारीकरण तथा व्यवसायीकरण, गुणस्तरीय शिक्षा, युवा, खेलकुद तथा रोजगारी, प्रतिफलदायी दिगो पूर्वाधार निर्माण तथा सन्तुलित विकास, आर्थिक विकास तथा राजश्व परिचालन, सूचना प्रविधि तथा सञ्चार विकास, उद्यम, स्वरोजगार र सहकारिता विकास, प्रशासनिक पुनर्संरचना तथा संस्थागत सुशासन, भाषा, संस्कृति, कला, साहित्यको संरक्षण, प्रवर्द्धन र विकास, वन तथा वातावरण संरक्षण एवं सामुदायिक वनको दिगो प्रयोग प्राथमिकताका क्षेत्र रहेको भन्दै नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए।

Metro Mart
vianet

प्रकाशित: Jun 24, 2022| 12:48 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।