सोमबार, असार ८, २०८३

रवि लामिछाने र रमेश खरेलबीच सहकार्यको विषयमा छलफल

नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं- नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने र नेपाल सुशासन पार्टीका अध्यक्ष रमेश खरेलबीच भेटवार्ता भएको छ। भेटवार्ताका क्रममा उनीहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

National life

सुशासन पार्टीले आफ्नो फेसबुक पेजमा तस्बिरसहित भेटघाटको जानकारी गराएको हो। दुई पार्टीबीच आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको सुशासन पार्टीले जनाएको छ।

'भेटमा आगामी राजनीतिक यात्रामा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ,' रविनिकट दीपक बोहराले फेसबुकमा स्टाटस लेखेका छन्।

असार ७ गते नै रविले राष्ट्रिय स्वतन्त्र पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्। उनको दलले 'स्वतन्त्र' नाम पाउन नहुने भन्दै आयोगमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका मनोज पण्डितलगायतले उजुरी दर्ता गराएका छन्। 

यस्तै रविको दलले 'घण्टी' चुनाव चिह्न समेत माग गरेका छन्। उक्त चुनाव चिह्न खारेज भएको १ वर्ष नपुगेकाले रविले माग गरेको दलको नाम र चुनाव चिह्न प्राप्तिमा असहज भएको छ। यद्यपि निर्वाचन आयोगले दुवै विषयमा निर्णय गर्न बाँकी छ। 

Shivam cement

नेपाल प्रहरीका पूर्वडीआईजीसमेत रहेका रमेश खरेल आगामी संसदीय चुनावमा काठमाडौं-१ बाट उम्मेदवारी दिने तयारीमा छन्। रविले पनि चुनाव लड्ने घोषणा गरेपनि निर्वाचन क्षेत्रका विषय टुंगो लागिनसकेको बताउँदै आएका छन्। 

प्रकाशित: Jun 24, 2022| 13:33 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...