मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा एसमा देखिएको विवादबारे योगेशको टिप्पणी– पश्चाताप र आत्मबोध कहिले?

नेकपा एसमा देखिएको विवादबारे योगेशको टिप्पणी– पश्चाताप र आत्मबोध कहिले?

नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी विभाजनको समयमा चिनेका खेलाडीहरु माधवकुमार नेपाल र झलनाथ खनालले चिन्दै जाने टिप्पणी गरेका छन्।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं– नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी विभाजनको समयमा चिनेका खेलाडीहरु माधवकुमार नेपाल र झलनाथ खनालले चिन्दै जाने टिप्पणी गरेका छन्। 

नेकपा एकीकृत समाजवादीमा देखिएको विवादको विषयमा फेसबुकमा टिप्पणी गर्दै एमाले सचिव भट्टराईले परिस्थिति अध्यक्ष नेपालको काबुभन्दा बाहिर जाने अवस्थामा पुग्न लागेको बताएका छन्। 

‘हेर्दै जाउँ हामीले त्यतिबेला नै चिनेका खेलाडीहरु कमरेड माधव नेपाल र कमरेड झलनाथ खनालले बिस्तारै चिन्दै जानु हुनेछ। आत्मबोध र पश्चातप! सिर्फ कहिले? उनले भनेका छन्।

भट्टराईले एमाले विभाजनकै समयमा अध्यक्ष नेपाललाई छुट्टिने पल गरेको कुनै पनि परिस्थिति काबुभन्दा बाहिर जाने भनेर त्यस समयमा भनेको स्मरण गराएका छन्। ‘एकीकृत समाजवादी पार्टीको अहिलेको अवस्था देख्दा उबेला मैले पार्टी विभाजन नगर्न कमरेड माधवकुमार नेपाललाई गरेको अनुनय, विनय र एमाले विभाजनको औचित्य छैन भनी दिएको तर्क अनि नेपालको कम्युनिस्ट आन्दोलनलाई तहसनहस पार्ने षड्यन्त्रको शिकार नबन्न गरेको अनुरोध र केहीभन्दा पनि वहाँले नमाने पछि कुनै दिन परिस्थिति तपाईंको काबुभन्दा बाहिर जाने छ भनेर वहाँबाट छुट्टिएको पलको स्मरण भइरहेको छ,’ भट्टराईले भनेका छन्।

एमालेभित्र विवाद हुँदा नेपाललाई साथ दिँदै आएका भट्टराईसहितका नेताहरु १० बुँदे सहमति गरेर विभाजनबाट सहभागी नभएर एमालेमै बसेका थिए। 

प्रकाशित: Jun 24, 2022| 14:13 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...