राजस्व अनुसन्धान विभागले पर्वतको कुश्मा–१ का गणेश पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा विदेशी विनिमय अपचलनसम्बन्धी करिब सवा ८ करोड बिगो दाबीसहित मुद्दा दर्ता गराएको छ।
धनगढी उपमहानगरपालिकाको आठौं नगर सभाको तेस्रो बैठकमा चर्को विवाद भएको छ। उपमेयर कन्दकला रानाले आफ्नो सल्लाहबिना नै बजेट पुस्तिका प्रकाशित गरेको भन्दै आपत्ति जनाएपछि विवाद सिर्जना भएको हो।
विनोदको हत्या गरिएको भन्दै परिवारले पञ्चदेवल विनायक नगरपालिकाकी मेयर अम्बिका चलाउने, वडा नम्बर ४ का निवर्तमान वडाध्यक्ष सज्जन शाही, जिल्ला समन्वय समितिकी उपसंयोजक दानमती शाही, सोही गाउँका शिक्षक तथा मेयरका...
बुटवल, भैरहवालगायतमा औद्योगिक क्षेत्र हुनु, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु र उद्योग, व्यवसाय विस्तार भएकाले रूपन्देहीका नागरिकको आम्दानी बढ्दो छ।
कम्पनीले आजदेखि प्रतिकित्ता १०० अङ्कित १९ करोड ५७ लाख ५० हजार मूल्य बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्कासन(आइपिओ) बिक्री खुला गरेको हो।
'एमाले को हो? कसले फुटेज माग्ने? माग्दैमा दिनुपर्छ भन्ने के छ? 'आइएम द स्टेट' भनेर हिँडिरहेछ,' ओलीले भने, ' संसदको प्रमुख दल, प्रमुख प्रतिपक्ष,हिजोसम्म सरकारमा भएको पार्टी अनेकथरी मिलेर पनि...
आइतबारको बैठकमा प्रचण्डकी कान्छी छोरी गंगाका श्रीमान् आचार्यलाई केन्द्रीय सदस्य मनोनीत गरिएपछि माओवादी नेता–कार्यकर्ताको विरोध तर आफ्ना कुरा बाहिर ल्याउने हिम्मत गरेनन्।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित ‘प्रदेशस्तरीय विपद् व्यवस्थापनमा आधारित पत्रकारिता तथा क्षमता अभिवृद्धि तालिम’ उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहीले कामले आफैँ विज्ञापन गर्ने तर्क गरे।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रीपरिषद् हेरफेर गरेकी छन्। जनता समाजवादी पार्टीले सरकारमा नयाँ मन्त्री सिफारिस गरेपछि उनीहरुको नियुक्ति भएको हो।