धनगढी– धनगढी उपमहानगरपालिकाको आठौं नगर सभाको तेस्रो बैठकमा चर्को विवाद भएको छ। उपमेयर कन्दकला रानाले आफ्नो सल्लाहबिना नै बजेट पुस्तिका प्रकाशित गरेको भन्दै आपत्ति जनाएपछि विवाद सिर्जना भएको हो।
उपमेयर रानाले विरोध गरेपछि नेकपा एमाले र माओवादी केन्द्रका जनप्रतिनिधिले कुर्सी उठाएर फालेका थिए। कांग्रेसका जनप्रतिनिधिले भने मेयर गोपाल हमालले ल्याएको बजेट पुस्तिकामा समर्थन गरेका छन्। मेयर हमाल स्वतन्त्र हुन् भने उपमेयर नेकपा एमालेबाट निर्वाचित भएकी हुन्। विवाद भएपछि फेसबुकबाट गरिएको प्रत्यक्ष प्रसारण बन्द गरिएको छ।