बुधबार, मंसिर १०, २०८२

लुम्बिनीमा गोरुसँग मोटरसाइकल ठोक्किँदा हतियारधारी समातिए

रुपन्देहीमा गोली र हतियारसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

बुटवल– रुपन्देहीमा गोली र हतियारसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट प्रहरी निरीक्षक युवराज जंग कार्कीको नेतृत्वमा खटिएको प्रहरीले आइतबार दिउँसो साढे २ बजे कटुवा पेस्तोल, त्यसमा लाग्ने २ राउण्ड गोली र चक्कु सहित तीन जनालाई पक्राउ गरेको हो।

National life

पक्राउ पर्नेमा भारत सिद्धार्थनगर बस्ने वर्ष ३४ का चिनक भनिने मेदि हुसेन, सोही ठाउँका वर्ष ५१ का अक्बर खान र वर्ष ५५ का आसिक अलि रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। भारतीय नम्बर प्लेट यूपि ५५ एडि ०६८४ को मोटरसाइकलमा सवार रहेका तीन जनालाई शंका लागेपछि प्रहरीको टोलीले पछ्याएको थियो।

पछ्याउँदै जानेक्रमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं. ६ बसपार्कमा अनियन्त्रित भई गोरुसँग मोटरसाइकल ठक्कर खाएपछि तीनै जना समातिएका हुन्। उनीहरुसँग हतियार र गोली भेटिएको रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए। एउटै मोटरसाइकलमा तीन जना सवार थिए। दुर्घटनामा परी तीनै जनाको अनुहारमा चोट लागेको छ।

मोटरसाईकल चालक चिनक भनिने मेदि हुसेनको दाहिने कम्मरपेटिबाट कालो प्लास्टिकको झोला भित्र हतियार र गोली भेटिएको हो। पेस्तोलमा केएफ नाईन एमएम लेखिएको छ। बरामद हतियार, गोली र पक्राउ परेकाहरुको बारेमा अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए। 


Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 04, 2022| 16:09 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।