आइतबार, असार ७, २०८३

रासायनिक मल अभावबारे सांसदहरुले गराए सरकारको ध्यानाकर्षण

सांसद भैरव सुन्दर श्रेष्ठले रासायनिक मलको अभावका कारण किसान चिन्तामा रहेको बताउँदै जतिसक्दो चाँडो मल व्यवस्थापनमा लाग्न सरकारको ध्यानाकर्षण गराए।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं- संघीय संसद्, राष्ट्रियसभाका सांसदहरूले रासायनिक मलको अभावबारे किसानले भोग्दै आएका समस्या सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएका छन्। सभाको आजको बैठकको विशेष समयमा सांसद अनिता देवकोटाले असारे बजेट सक्न अव्यवस्थित ढङ्गबाट खर्च गरिएको भन्दै आपत्ति जनाइन्।

National life

उनले भनिन्, 'बजेट फ्रिज हुने बहानामा योजनामा असारमा मात्रै खर्च गर्ने जुन परिपाटी छ, त्यसले विकासको गतिलाई तीव्रता दिन सक्दैन, विकास दिगो हुन सक्दैन, आगामी वर्षमा बजेट फ्रिज हुनेबारे अब अहिलेदेखि नै सोच्नुपर्छ।' किसानका लागि अभाव भएको मलको व्यवस्थापन गर्नुपर्ने उनको माग छ।

सांसद भैरव सुन्दर श्रेष्ठले रासायनिक मलको अभावका कारण किसान चिन्तामा रहेको बताउँदै जतिसक्दो चाँडो मल व्यवस्थापनमा लाग्न सरकारको ध्यानाकर्षण गराए।

सांसद गोपीबहादुर सार्की अछामीले मोरङ जिल्लाका विभिन्न स्थानमा वर्षा र बाढीका कारण भएको क्षतिका बारेमा सरकारको ध्यानाकर्षण गराउँदै अनावश्यक नदी कटानलाई रोक्न नदी ऐनको व्यवस्था गर्नुपर्ने माग गरे।

निजामती ऐन ल्याउन ढिला भएका कारण स्थानीय तहमा अनावश्यक कर्मचारी भर्ना गर्ने काम गरिएको भन्दै जतिसक्दो चाँडो ऐन ल्याउनुपर्ने माग गरे।

Shivam cement

सांसद उदयबहादुर बोहराले संघीयतालाई सबल बनाउन संघले प्रदेश र स्थानीय तहलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिँदै देशमा बढ्दै गएको हत्या, हिंसा, महँगी, बेरोजगारीको समस्या समाधान गर्नुपर्ने बताए। उनले राप्ती राजमार्गमा पटक पटक बजेटको व्यवस्था भए पनि सडक निर्माणको काम हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गरे।

सांसद शेखरकुमार सिंहले भने, 'कृषिप्रधान मुलुकमा किसानले खेती गरिरहेको समयमा मल पाएको छैन, सरकारलाई कुनै चासो छैन।' सरकारले एमबिबिएस कोटा घटाएको भन्दै त्यसको विरोध गरे। जतिसक्दो चाँडो नागरिकता ऐन ल्याउनुपर्ने उनको भनाइ छ।

सांसद प्रकाश पन्तले सामुदायिक क्याम्पसको सुधारका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराउँदै रोजगारमूलक शिक्षाको आवश्यकता औँल्याए। सांसद खिमलाल देवकोटाले कास्कीस्थित फेवातालको अतिक्रमण रोक्नुपर्नेमा जोड दिए। सांसद भुवनबहादुर सुनारले भूमिहीन सुकुम्वासीलाई जमिनको व्यवस्था गर्नुपर्ने माग गरे।

प्रकाशित: Jul 04, 2022| 16:22 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...