मंगलबार, जेठ ५, २०८३

राप्रपाले भंग गर्‍यो एकता वार्ता समिति

राप्रपाले महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा गत मंसिरमा गठन गरेको वार्ता समिति भंग गरेको हो।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महामन्त्री धवलशमशेर राणाको नेतृत्वमा गठन गरेको वार्ता समिति भंग गरेको छ।

National life

राप्रपा महामन्त्री राणाको नेतृत्वमा गत मंसिरमा वार्ता समिति गठन भएको थियो।

राजेन्द्र लिङ्देन महाधिवेशनबाट राप्रपा अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले महामन्त्री राणाको नेतृत्वमा वार्ता समिति गठन गरेको थियो।

वार्ता समितिलाई समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्य गर्ने जिम्मेवारी केन्द्रीय समितिले दिएको थियो।

वार्ता समितिमा महामन्त्री राणा, ऋषिबाबु परियार, दिलविकास राजभण्डारी, पुष्पराज पुरुष थिए।

समितिले विभिन्न पार्टी र व्यक्ति तथा समूहसँग वार्ता र संवाद गरेर राप्रपामा समाहित पनि गरेको थियो।

तत्कालका लागि वार्ता र संवादका काम सकिएकाले वार्ता टोली भंग गरिएको राप्रपाले जनाएको छ।

प्रकाशित: Jul 04, 2022| 11:45 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।