सोमबार, साउन २५, २०८३

जसपाबाट तीन जना मन्त्री नियुक्त

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रीपरिषद् हेरफेर गरेकी छन्। जनता समाजवादी पार्टीले सरकारमा नयाँ मन्त्री सिफारिस गरेपछि उनीहरुको नियुक्ति भएको हो।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा मन्त्रीपरिषद् हेरफेर गरेकी छन्। जनता समाजवादी पार्टीले सरकारमा नयाँ मन्त्री सिफारिस गरेपछि उनीहरुको नियुक्ति भएको हो। 

नवनियुक्त मन्त्रीहरुको सपथ आज अपरान्ह साढे ४ बजे राष्ट्रपति कार्यालयमा हुने भएको छ। उनीहरूलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सपथ खुवाउने छिन्।

जसपाले ३ जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई जिम्मेवारी दिएको हो। सामान्य प्रशासन मन्त्रालयमा राजेन्द्र श्रेष्ठलाई यथावत् राखेर भौतिक पूर्वाधार मन्त्रालयमा मोहम्मद इस्तियाक राई, कृषि तथा पशुपन्छी मन्त्रालयमा मृगेन्द्रकुमार सिंह र वन मन्त्रालयमा प्रदीपकुमार यादव नियुक्त भएका छन्।

आइतबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्रीहरूको नाम उपलब्ध गराएका थिए।

जसपाले कृषिमन्त्री महिन्द्रराय यादव, भौतिक पूर्वाधारमन्त्री रेणुकुमारी यादव र वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवलाई फिर्ता बोलाएको हो।

प्रकाशित: Jul 04, 2022| 12:45 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...