आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • 'सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने' मौद्रिक नीति ल्याउँछौं : गभर्नर अधिकारी

'सर्प पनि मर्ने लठ्ठी पनि नभाँचिने' मौद्रिक नीति ल्याउँछौं : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बाह्य अर्थतन्त्र निकै दबाबमा रहेको बताएका छन्।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको बाह्य अर्थतन्त्र निकै दबाबमा रहेको बताएका छन्। राष्ट्र बैंकले सोमबार आयोजना गरेको मौद्रिक नीति सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले गत आर्थिक वर्षको भन्दा नेपालबाट ३ खर्ब रुपैयाँ बढी विदेशिँदा बाह्य क्षेत्र तनावमा रहेको बताएका हुन्। 

National life

त्यस्तै उनले नेपालबाट बैंकहरुले पैसा बाहिर पठाउँदा (आयात गर्दा) नेपाल राष्ट्र बैंकमा रकम राख्नुपर्ने हुँदा बजारमा तरलताको अभाव चर्किंदै गएको दाबी गरे। उनले नेपालीहरुको खर्चालु बानीका कारण आयात बढी हुँदा बाह्य अर्थतन्त्र निकै दबाबमा रहेको र रेमिट्यान्स विस्तारै बढे पनि त्यसले आयात धान्न सक्ने अवस्था नभएको तथा पर्यटन क्षेत्र अझै समस्यामा रहेको बताए। 

उनले भने, ‘अहिले पनि कर्जा प्रवाह र ब्याजदर कोभिड अगाडिको अवस्थामा पुगेको त छैन तर पनि समस्या देखिन थालेकोले हामीले मौद्रिक नीति ल्याउँदा सर्प पनि मरोस् र लठ्ठी पनि नभाँचियोस् भन्ने लाइनबाट ल्याउँछौ।’ त्यस्तै उनले राष्ट्र बैंकले जहिले पनि धेरै कम्पनी वा मानिसहरुलाई ध्यानमा राखेर नीति ल्याउने गरेको दाबी गरे।

त्यस्तै उनले गत वर्षहरुमा राष्ट्र बैंकले लिएको नीति ‘जस्टिफाइ’ हुँदै आएको दाबी गर्दै आगामी दिनमा पनि राष्ट्र बैंकले अर्थतन्त्रलाई नै ध्यानमा राखेर ब्यालेन्समा राख्नेगरी मौद्रिक नीति ल्याउने बताए। 

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले अmझै पनि पर्यटनको क्षेत्रमा गएको कर्जा थप दुई वर्ष पुनर्तालिकीकरण गर्नुपर्ने र उनीहरुलाई दिइएको पुनकर्जालाई निरन्तरता दिनु नपर्ने बताए। त्यस्तै उनले बैंकहरु सिडि रेसियोको तनावमा भएकोले उचित व्यवस्थापन गर्न पनि आग्रह गरे। 

Shivam cement

होटल व्यवसायी सिर्जना राणाले नेपालमा भित्रने पर्यटकहरुमा भारतीय पर्यटक बढी भएकोले पाँच सय, हजार र दुई हजारको नोट नेपालमा पनि चल्ने व्यवस्था गर्नुपर्ने सुझाव दिइन्। 


प्रकाशित: Jul 04, 2022| 16:34 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्