आइतबार, असार ७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • पर्वतका पौडेलविरुद्ध सवा ८ करोडको विदेशी विनिमय अपचलन मुद्दा

पर्वतका पौडेलविरुद्ध सवा ८ करोडको विदेशी विनिमय अपचलन मुद्दा

राजस्व अनुसन्धान विभागले पर्वतको कुश्मा–१ का गणेश पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा विदेशी विनिमय अपचलनसम्बन्धी करिब सवा ८ करोड बिगो दाबीसहित मुद्दा दर्ता गराएको छ।
 |  सोमबार, असार २०, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, असार २०, २०७९

काठमाडौं– राजस्व अनुसन्धान विभागले पर्वतको कुश्मा–१ का गणेश पौडेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा विदेशी विनिमय अपचलनसम्बन्धी करिब सवा ८ करोड बिगो दाबीसहित मुद्दा दर्ता गराएको छ।

National life

हाल काठमाडौं–२२ सामाखुशी बस्ने पौडेलले विदेशबाट अनौपचारिक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त गरी नेपालमा विभिन्न व्यक्तिहरूलाई भुक्तानी दिएको देखिएकोले मुद्दा दर्ता गरिएको विभागले जनाएको छ।

उनले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रुपमै अपनाएको देखिएको, विदेशमा विदेशी मुद्रा भुक्तानी लिई सोही बराबरको रकम नेपालतर्फको भुक्तानी फरफारक गरेको देखिएको तथा विदेशी विनिमय कारोबार गर्न इजाजतपत्र लिएको नदेखिएको विभागको भनाइ छ।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३, ४ र ९ 'ग' विपरीतको कसूर गरेको हुनाले पौडेलविरुद्ध ८ करोड २३ लाख २६ हजार ८०६ रुपैयाँ बिगो कायम गरी विभागले मुद्दा दर्ता गराएको हो।

प्रकाशित: Jul 04, 2022| 16:45 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्