फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आएका युसुफको गतिविधि शंकास्पद देखिएपछि उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रण लिउको हो।
नेपाल राष्ट्र बैंकले गत शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीति मौद्रिक नीति कार्यान्वयन भए संकटोन्मुख अर्थतन्त्रलाई जोगाउन सक्ने भन्दै उसले प्रशंशा गरेको हो।
एक दशकसम्म राष्ट्रिय गौरवका आयोजनाको सूचीमा रहेर पनि पश्चिम सेती, बूढीगण्डकी र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयनको मोडालिटी प्रस्ट नहुँदा कार्यान्वयनमा जान नसकेको प्रतिवेदनको ठहर छ।
कञ्चनपुरबाट प्रहरीले चितुवाको छालासहित दुई जनालाई पक्राउ गरेको छ। जिल्लाको कृष्णपुर नगरपालिका–२, देखतभुलिबाट चितुवाको छालासहित दुई जना पक्राउ परेका हुन्।
राजनीतिक दाउपेचका कारण रिक्त रहेको लुम्बिनीको संसदीय समितिले लामो समयपछि पूर्णता पाएको छ। करिब डेढ वर्षसम्म रिक्त रहेका विषयगत समितिमा एकल उम्मेदवारी परेपछि सर्वसम्मत पदाधिकारी टुंगिएको हो।