आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भदौ १ गतेदेखि बन्चरेमा फोहोर फाल्न नदिने सरोकार समितिको घोषणा

भदौ १ गतेदेखि बन्चरेमा फोहोर फाल्न नदिने सरोकार समितिको घोषणा

बिहीबार पत्रकार सम्मेलन आयोजना गरी सरोकार समितिका अध्यष ज्ञानेन्द्र ढुंगानाले यस्तो बताएका हुन्।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं- बन्चरेडाँडा ल्यान्डफिल प्रभावित क्षेत्रका सरोकारवालाले भदौ १ गतेदेखि काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्न निदिने  भएका छन्। बिहीबार पत्रकार सम्मेलन आयोजना गरी सरोकार समितिका अध्यष ज्ञानेन्द्र ढुंगानाले यस्तो बताएका हुन्। 

National life

काठमाडौं उपत्यकाको फोहोर उपत्यकाभित्रै व्यवस्थापन गर्ने काठमाडौंका मेयर बालेन्द्र शाहले प्रतिबद्धता गरेको भन्दै समिति अध्यक्ष ढुंगानाले भदौदेखि बन्चरेमा फोहोर विसर्जन गर्न नदिएर प्रतिबद्धता कार्यान्वयनमा सहयोग गर्ने बताए।

'मेयर बालेन्द्र शाहले भदौदेखि काठमाडौंभित्र फोहोर व्यवस्थापन गर्छु भनेर भन्नुभएको छ,' समितिका अध्यक्ष श्रीराम ढुंगानाले भने, 'उहाँको त्यही योजनालाई साकार बनाउनका लागि हामी भदौ १ गतेदेखि बन्चरेमा फोहोर विसर्जन गर्न नदिने निर्णय गर्दै उहाँको योजनालाई सघाउने घोषणा गरेका हौं।'

सरोकारवाला समितिले बन्चरेडाँडामा फोहोर विसर्जन नगरेर फुटबल ग्राउन्ड बनाउन आग्रह गरेको छ। 'फोहोर नफालिएपछि त्यो ठाउँमा फुटबल ग्राउन्ड बनाउनुपर्छ,' उनले भने, 'भदौ १ गतेदेखि फोहोर विसर्जन रोकिने भएपछि अहिलेदेखि नै वैकल्पिक व्यवस्थापन गर्ने उपाय खोज्नका लागि भनेर हामीले पत्रकार सम्मेलनमार्फत जानकारी गराएका हौं।'

प्रकाशित: Jul 28, 2022| 16:27 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।