आइतबार, साउन २४, २०८३

माओवादी अध्यक्ष प्रचण्डलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं– निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्पष्टीकरण सोधेको छ। अध्यक्ष प्रचण्डले एक सार्वजनिक कार्यक्रममा सांसद बन्न करोडौं रुपैयाँ खर्च हुने अभिव्यक्ति दिएपछि आयोगले उनलाई पत्र काटेको हो।

आयोगले काटेको पत्र प्रचण्डको सचिवालयले बुझ्न नमानेपछि हुलाकमार्फत पठाइएको आयोगका एक अधिकारीले बताए। पत्रको ब्यहोरा भने उनले खुलाउन चाहेनन्।     

गत सोमबार एक कार्यक्रममा प्रचण्डले अहिलेको निर्वाचन प्रणालीका कारण भ्रष्टाचार नियन्त्रण हुन नसकेको तर्क गरेका थिए। सांसद बन्न नै करोडौं खर्च हुने भन्दै उनले मन्त्री भएर त्यसको लगानी उठाउने प्रवृत्ति बढेको बताएका थिए। 

‘करोडौं खर्च गरेर किन सांसद हुन्छन् भने सांसद नभई मन्त्री हुन पाउँदैनन्। सांसद नभई प्रधानमन्त्री हुन पाइँदैन। मन्त्री र प्रधानमन्त्री हुन करोडौं खर्च गर्नुपर्यो। सांसद भइसकेपछि मन्त्री हुन अनेक खेल खेल्नुपर्यो। मन्त्री भइसकेपछि लगानी उठाउनुपर्यो। भ्रष्टाचार यही प्रणालीभित्र छ,’ उनले भनेका थिए।

गाउँपालिकाकै निर्वाचनमा १० करोड खर्च गरेर जितेको रिपोर्ट आफूले पाएको उनले बताएका थिए। प्रदेश र केन्द्रको निर्वाचनमा अर्ब खर्च हुने संकेत देखिएको प्रचण्डको भनाइ थियो। ‘यो निर्वाचन प्रणालीबाट क्रान्तिकारीले जित्ने त सपना भयो। दलाल पुँजीपति र भ्रष्टाचारी जितेर आउने भए,’ उनले भने।

आन्दोलनको रापताप रहेको २०६२–०६३ ताका माओवादी भनेपछि जसले पनि जित्ने अवस्था रहेको बताउँदै उनले अब भने धेरै पैसा खर्च गर्न नसकेन नजितिने निष्कर्ष आफूले निकालेको बताएका थिए।

गत चैतमा निर्वाचन आयोगले नेपाली कांग्रेसका केन्द्रीय सदस्य शशांक कोइरालालाई पनि चुनावी खर्चसम्बन्धी अभिव्यक्तिबारे स्पष्टीकरण सोधेको थियो। कोइरालाले एक कार्यक्रममा ०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा आफूले ६ करोड खर्च गरेर निर्वाचन जितेको अभिव्यक्ति दिएका थिए। ‘मैले तीनचोटि नवलपरासी–१ बाट चुनाव जितें। पहिलो चुनावमा मेरो खर्च ८० हजार थियो। दोस्रोमा तीन करोड र पछिल्लो ०७४ को चुनावमा ६ करोड पुग्यो। ल भन्नुस्– तपाईंहरू कोही मेरो क्षेत्रबाट चुनाव लड्न चाहनुहुन्छ? म छोडिदिन तयार छु। तपाईंले कम्तीमा ६–७ करोड खर्च गर्नुपर्छ।’

प्रकाशित: Jul 28, 2022| 15:10 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...