सोमबार, जेठ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अन्डरवेयरमा डेढ किलो सुन, शंकास्पद गतिविधि गरेपछि पक्राउ

अन्डरवेयरमा डेढ किलो सुन, शंकास्पद गतिविधि गरेपछि पक्राउ

फ्लाई दुबईको उडानद्वारा दुबईबाट काठमाण्डौ आएका युसुफको गतिविधि शंकास्पद देखिएपछि उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रण लिउको हो।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

National life

काठमाडौं- भित्रीवस्त्र (अन्डरवेयर)मा लुकाएर डेढकिलो भन्दा बढी सुन भित्र्याउन लागेका एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा दुबईबाट काठमाडौं अवतरण गरेका युसुफ हरून छन्।

फ्लाई दुबईको उडानद्वारा आएका युसुफको गतिविधि शंकास्पद देखिएपछि उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रण लिएको हो। उनको शरीर जाँच गर्दा भित्रीवस्‍त्रमा अर्धठोस सुनको पोका थान-२ (दुई) को भेटिएको थियो। उक्त सुनको तौल १ हजार ६१० ग्राम भएको बताइएको छ।

युसुफमाथि अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित: Jul 28, 2022| 16:48 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।