आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • रोजगारीका लागि भारत जाने नेपालीको भीडले सीमानाका भरिभराउ

रोजगारीका लागि भारत जाने नेपालीको भीडले सीमानाका भरिभराउ

असारे खेतीबाली सकेर परिवारको गुजारा चलाउन दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं– नेपाल–भारत सीमानाका जमुनाहा हुँदै भारत जाने नेपालीको संख्या बढ्न थालेको छ। असारे खेतीबाली सकेर परिवारको आवश्यकता पूरा गर्न दैनिक हजारौं संख्यामा नेपाली नागरिक भारततर्फ जाँदै गरेको दृश्य जमुनाहा नाकामा देखिन थालेका हुन्।

National life

धान रोपाइँ गरेर नेपालीहरू आयआर्जनका लागि दैनिक सयौंको संख्यामा भारत जाने गरेका छन्। धान रोपाइँ गरिसकेपछि स्वदेशमा काम नपाउने र काम पाए पनि उचित पारिश्रमिक नपाउने कारणले नेपाली नागरिक भारत जान बाध्य भएका हुन्। 

नेपालभन्दा सहज र ज्याला पनि बढी भएको कारण भारत जाने नेपालीको संख्या बढेको छ। पहाडी भेगमा काम पाए पनि दैनिक जोहो गर्न ज्याला नभएको जाजरकोटका शेरबहादुर शाहीले बताए। उनले आफ्नो गाउँमा भनेजस्तो काम नपाउने र पाएको कामले परिवार पाल्नै गाह्रो भएकाले केही कमाउन सकिन्छ कि भनेर भारत जान लागेको गुनासो पोखे। 

पहिल्यैदेखि भारतको सिमलामा काम गर्दै आएका सुर्खेतका रामबहादुर विक जेठमा खेती लगाउन घर फर्किएका थिए। तर भारतमै काम गर्न सहज भएको कारण पुनः कामका लागि फर्कन लागेको उनले सुनाए।

भारतमा आफूले गरेको कामअनुसार पारिश्रमिक पाउने भएका कारण भारत रोजगारीका लागि जान लागेको कालीकोटका नागरिक बताउँछन्। त्यस्तै,  सुर्खेतबाट भारत जान लागेका सुरज विकले परिवार पाल्नकै लागि नेपालमा गरेको कामले गुजारा नचल्ने भएपछि भारत जान लागेको बताए। 

पछिल्लो समय नेपालका पहाडी जिल्लामा धान रोपाइँको काम लगभग सकिएको छ। भारतमा रोजगारीका लागि पुगेका नेपाली वर्षायामको काम गर्न स्वदेश फर्किए पनि अब विस्तारै पुनः रोजगारीका लागि भारत जान लागेका हुन्।

सुदूरपश्चिमका नेपाल–भारत सीमानाकामा धेरै नेपाली भारत जाने गरेको पछिल्लो तथ्यांकले देखाएको छ। अहिले दैनिक सयौंको संख्यामा नेपालीहरू रोजगारीका लागि भारत जाने गरेका छन्।

नेपालमा काम गरेअनुरुपको पारिश्रमिक नपाउनु र काम गरेको पारिश्रमिकबाट घरपरिवारको गुजारा चलाउन नसक्नु उनीहरूका लागि पीडाको विषय बनेको छ। अधिकांश रोजगारीका लागि भारत पलायन भएका नेपाली नागरिक नेपालमा गरेको कामको पनि उचित पारिश्रमिक नपाएकै कारण कामका लागि उता जाने गरेको बताउँछन्।

प्रकाशित: Jul 28, 2022| 13:32 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।