आइतबार, साउन २४, २०८३

सीके राउत बने सन्यासी, के छोड्लान् अब राजनीति?

काठमाडौंस्थित रानीबारीमा रहेकव ओशो तपोवनमा ९ दिनसम्मको ध्यान पूरा गरेपछि उनले सन्यासधारण गरेका हुन्। साउन ११ गते बुधबार साँझ उनले सन्यास लिएका हुन्।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं- जनमत पार्टीका अध्यक्ष सीके राउत ओशो सन्यासी बनेका छन्। बुधबार काठमाडौंमा स्वामी आनन्द अरुणले दिएको दीक्षा ग्रहण गरेपछि उनी सन्यासी बनेका हुन्। 

काठमाडौंस्थित रानीबारीमा रहेकव ओशो तपोवनमा ९ दिनसम्मको ध्यान पूरा गरेपछि उनले सन्यास धारण गरेका हुन्। साउन ११ गते बुधबार साँझ उनले सन्यास लिएका हुन्। 

सन्यासपछि राउत ‘आनन्द मैत्रय’ बनेका छन्। सन्यासी बनेपनि उनले राजनीति भने नछाड्ने दलले जानकारी दिएको छ। यद्यपि ओशो सन्यासी बनेपछि उनको पोशाक र आचरणमा फरक पर्ने उनीनिकट स्रोतको भनाइ छ। 

अध्यक्ष राउत पहिलेदेखि नै आध्यात्मिक नेता भएको र यसपालि तपोवनको तालिका पनि मिलेकाले यही समयमा सन्यास लिएको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए। 'ओशोको सन्यास लिएपछि गर्दै आएका काम त्याग्नुपर्छ भन्ने हुँदैन। उहाँ राजनीतिमा सक्रिय रहिरहनुहुनेछ। भोलि नै धनुषा क्षेत्र नम्बर ३ को कार्यालय उद्धाटनमा अध्यक्षज्यु सहभागी हुनुहुनेछ,' साहले भने। 

राउत ओशो तपोवनमा १० दिनको ध्यान पूरा गरेर सन्यासी बनेपछि जनकपुर जाने भएका छन्। 

प्रकाशित: Jul 28, 2022| 15:52 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...