मंगलबार, चैत ३, २०८२

कोरोना महामारी नियन्त्रणको प्रयास निरन्तर : प्रधानमन्त्री देउवा

देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार कटिबद्ध रहेको प्रधानमन्त्री देउवाको दाबी।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड महामारी पूर्ण रूपमा नियन्त्रण गर्न सरकारी प्रयत्न जारी रहेको बताएका छन्। केही सयमयता मत्थर हुँदै गएको कोरोना पुनः फैलिने खतरा देखिएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले त्यसलाई पूर्ण रूपमा नियन्त्रण गर्नुपर्ने खाँचो औंल्याएका हुन्।

National life

बिहीबार वीर अस्पतालको १३३औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले भविष्यमा आउन सक्ने विभिन्न महामारी नियन्त्रणका लागि पनि सरकारले आफ्नो सामथ्र्य विकास गर्नुपर्ने बताए।

क्यान्सरजस्ता घातक रोगको समयमै उपचार हुने व्यवस्था मिलाउन सम्बन्धित स्वास्थ्य संस्थाले ध्यान दिनुपर्ने प्रधानमन्त्री देउवाको धारणा छ। उनले भने, ‘केही समययता मत्थर भएको कोभिड महामारी पुनः विस्तारै फैलिँदै जाने खतरा देखिएको छ। यसलाई पूर्ण रूपमा नियन्त्रण गर्दै भविष्यमा आउन सक्ने अन्य विभिन्न किसिमका महामारीसँग जुध्ने सामथ्र्य हामीले विकास गर्नुपर्ने खाँचो छ। भविष्यमा प्रमुख स्वास्थ्य समस्या भनेको सर्नेभन्दा पनि नसर्ने रोग छन् भन्ने विश्व स्वास्थ्य संगठनले पूर्वानुमान गरेको छ। हामीले पनि नसर्ने रोगका बिरामीलाई सहज उपचारका लागि क्षमता विकास गर्दै जानुपर्छ।’

प्रधानमन्त्री देउवाले सर्वसाधारण नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ ढंगले उपलब्ध गराउन सरकार कटिबद्ध रहेको बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले क्यान्सरजस्ता घातक रोगका लागि सहज ढंगले उपचार गराउन सरकारले बजेटको व्यवस्था गरे पनि त्यसको सदुपयोग हुन नसकेकामा वीर अस्पताल व्यवस्थापनको आलोचना गरे। उनले वीर अस्पताल मुलुकको सबैभन्दा जेठो अस्पताल भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रका लागि आवश्यक जनशक्ति विकासमा ध्यान दिनुपर्नेमा जोड दिए।

Laxmi sunrise bank
kumari

वीर अस्पतालका कार्यवाहक प्रमुख प्रशासकीय अधिकृत डा.भूपेन्द्रकुमार बस्नेतले बिरामीको चापलाई धान्न सक्ने गरी अस्पतालमा आवश्यक जनशक्ति व्यवस्थापन गरिदिन सरकारसँग माग गरे।

प्रकाशित: Jul 28, 2022| 15:51 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्