सोमबार, जेठ ४, २०८३

उमेर ढाँटेर जागिर खाएपछि...

डीएसपी सिंहलाई कीर्ते कागजात कसुरमा अदालतले कैद सजायसँगै १५ हजार रुपैयाँ जरिमाना तोकेको हो।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं– विशेष अदालतले प्रहरी नायब उपरीक्षक (डीएसपी) रमेश सिंहलाई ८ महिना कैद सजाय सुनाएको छ। उमेर घटाएर नक्कली प्रमाणपत्र पेस गरी प्रहरीमा जागिर खाएपछि कीर्ते कागजात कसुरमा अदालतले कैद सजायसँगै १५ हजार रुपैयाँ जरिमाना तोकेको हो। 

National life

सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै विशेष अदालतका न्यायाधीशत्रय श्रीकान्त पौडैल, बलभद्र बाँस्तोला र शालिग्राम कोइरालाको इजलासले दोषी ठहर गरेको हो।  

विशेष अदालतले एसएसलीको चारित्रिक प्रमाणपत्र नक्कली बनाएर त्यसैको आधारमा नागरिकता बनाएको आरोप सिंहमाथि लागेको छ। कीर्ते कागजात कुसुरमा सिंहलाई विशेष अदालतले दोषी ठहर गरे पनि सजाय सुनाएको थिएन।

सिंहले आफ्नो जन्म मिति २०३२ हुनुपर्नेमा २०३३ बनाएर नक्कली प्रमाणपत्र पेस गरी प्रहरी निरीक्षकमा भर्ना भएको अदालतको ठहर छ। प्रहरी निरीक्षकमा भर्ना हुँदा उमेर २५ वर्ष ननाघेको हुनुपर्नेमा उनको उमेर बढी भइसकेको पाइएको छ। उनी २०५८ मंसिरमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए।

प्रकाशित: Jul 28, 2022| 16:31 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।