मंगलबार, चैत ३, २०८२

बिहीबार थपिए ७१० कोरोना संक्रमित

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको मन्त्रालयको तथ्यांक।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

National life
Laxmi sunrise bank
kumari

काठमाडौं– नेपालमा एक साता अवधिमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभर थप ७१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

यसअघि शनिबार ३३५, आइतबार ३४७, सोमबार ५६८, मंगलबार ६३८, बुधबार ५६४ जना कोरोना संक्रमित भएका थिए। ५ हजार २५ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। 

२ हजार ५४१ जनाको पिसिआर र २ हजार ४८४ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। अहिले देशभर ४२३६ जना सक्रिय संक्रमित छन्। कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९६२ पुगेको छ।

प्रकाशित: Jul 28, 2022| 16:49 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्