मंगलबार, चैत ३, २०८२

बाँकेमा बढ्दै कोरोना संक्रमण

सीमा क्षेत्र जमुनाह र भेरी अस्पतालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

नेपालगन्ज- बाँकेमा खुला सिमानाका कारण कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। स्वास्थ्यकर्मीले सतर्कता अपनाउन आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या अहिलेसम्म ५७ पुगेको छ।

National life

सीमा क्षेत्र जमुनाह र भेरी अस्पतालमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए। 

ती बिरामीमा विगतमा जस्तो डरलाग्दो अवस्था नभएको र सामान्य रुघाखोकीको लक्षण मात्रै देखिएकाले  आत्तिनुपर्ने अवस्था नभएको उनले बताए। भेरी अस्पताल नेपालगन्जमा १६ जनाको पिसीआर परीक्षण गर्दा दुई र जमुनाहानाकामा एक जनाको एन्टिजेन परीक्षणबाट कोरोना पुष्टि भएको हो।

अधिकांशले होमआइसोलेशनमा स्वास्थ्य लाभ गरिरहेका छन्। सोसँगै जिल्लामा कूल कोरोना संक्रमितको संख्या २१ हजार १५४ पुगेको उक्त केन्द्रले जनाएको छ। बाँकेमा अहिलेसम्म २० हजार ७४३ कोरोना संक्रमित निको भइसकेका र  ३५४ जनाको मृत्यु भएको थियो।

पछिल्लो केही दिनदेखि कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सीमा क्षेत्रमा आवतजावतमा कडाइ गर्नाका साथै स्वास्थ्य मापदण्ड पालना गर्नसमेत आग्रह गरिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jul 28, 2022| 13:40 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्