आइतबार, साउन २४, २०८३

कांग्रेससँग सहकार्य निरन्तर, एमालेसँग असम्भव : अध्यक्ष दाहाल

कांग्रेससँगको सहकार्यबारे दायाँ–बायाँ नसोचिने र एमालेसँग सहकार्य गर्दै नगर्ने दाहालको धारणा।
 |  बिहीबार, साउन १२, २०७९

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १२, २०७९

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हालको सत्ता गठबन्धनलाई बलियो बनाउन आउँदा प्रदेशसभा र संघीय निर्वाचनमा पनि नेपाली कांग्रेससँगै सहकार्य हुने बताएका बताएका छन्। कांग्रेससँग सहकार्य भए पनि एमालेसँग नहुने अध्यक्ष दाहालले उद्घोष गरे।

बिहीबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्दै दाहालले कांग्रेससँगको सहकार्यबारे दायाँ–बायाँ नसोचिने र एमालेसँग सहकार्य गर्दै नगर्ने धारणा राखेका हुन्।

बैठकमा अध्यक्ष दाहालले समाजवादी मोर्चा निर्माणमा भएको प्रयासबारे बैठकमा सहभागी पदाधिकारीलाई जानकारी गराएका थिए। हालको गठबन्धनभित्रकै वामपन्थी दलबीच मोर्चा बनाउन र पार्टी एकता गर्नेबारे हालसम्म कुरा नटुंगिएको दाहालको भनाइ छ।

बैठकमा सहभागी नेताहरूले पार्टी पदाधिकारीसहित स्थायी समिति र पोलिटब्यूरो टुंगो लगाएर जान दाहालसँग माग गरे। बैठकमा पाँच दलीय गठबन्धनको लाभ–हानि, समाजवादी केन्द्र निर्माण, आगामी संघ र प्रदेशसभा निर्वाचन रणनीतिलगायत समसायमयिक विषयमा सहभागीले आ–आफ्ना धारणा राखेको स्थायी समिति सदस्य गिरिराजमणि पोखरेलले बताए।

‘आज बोल्ने नेताहरूको धारणा सकिएन। शुक्रबार पुनः बिहान ८ बजे बैठक बस्नेछ,’ पोखरेलले भने। पोलिटब्युरो समितिका नाम र स्थायी समितिलाई पूर्णता दिनेबारे छलफल गर्न शुक्रबारको बैठकमा छलफल हुने उनको भनाइ छ।

प्रकाशित: Jul 28, 2022| 12:53 बिहीबार, साउन १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...