मंसिर ४ मा हुने निर्वाचनका लागि नेकपा एमालेले सम्भावित उम्मेदवारको नाम सिफारिस गरेको छ। १० वटै क्षेत्रका क्षेत्रीय कमिटी जिल्ला कमिटीलाई नाम सिफारिस गरेका हुन्।
नेपाल मर्चेन्ट बैँकर संघको संयोजकत्वमा टुगेदर फर हेल्दी लाइफस्टाइल नारासहित पहिलो पटक 'एमबान स्पोर्टस मिट २०२२' अन्तर्गत विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना गर्न लागिएको छ।
- कृषि क्षेत्रलाई व्यावसायिक ढंगले अघि बढाउन तथा कृषि कर्जाको पहुँच सहज बनाउने उद्देश्यले कृषि कर्जा मेला तथा कृषि कर्जामा राष्ट्रिय संवाद कार्यक्रमको प्रतिवेदन सार्वजनिक भएको छ।
बाढीका कारण विस्थापित भएका व्यक्तिको सङ्ख्या दशौँ लाख भएकाले उनीहरुको उद्वार, पुनस्र्थापना र राहतका लागि ठूलो आर्थिक सहयोग आवश्यक रहेको उल्लेख गर्दै उनले सहयोग पुर्याउन आग्रह गरे।
न्यायपरिषद्को बैठकले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई बर्खास्त गरेको छ। बिहीबार बसेको परिषद् बैठकले न्यायाधीश अधिकारीलाई बर्खास्त गर्ने निर्णय गरेको हो।
कीर्ते कागजात पेस गरी नागरिकता लिएका मनिषकुमार पुर्पक्षका लागि थुनामा रहेको अवस्थामा अदालतमा हाजिर भएका उनका 'कीर्ते बा' अजितकुमारलाई भने न्यायाधीश राउतले 'इन्कारी बयानका आधारमा’ धरौटीमा रिहा गरेका हुन्।