शनिबार, साउन १६, २०८३

पद्मश्री पुरस्कारका लागि पाँच पुस्तक छानिए

पद्मश्री साहित्य पुरस्कारका लागि पाँच पुस्तक छानिएका छन्।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं- पद्मश्री साहित्य पुरस्कारका लागि पाँच पुस्तक छानिएका छन्।

खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले यस वर्षको पद्यश्री पुरस्कारका लागि पाँच पुस्तकको सूची सार्वजनिक गरेको हो।

प्रतिष्ठान अनुसार सार्वजनिक गरिएको सूचीमा डा. नवराज लम्सालको ‘अग्नि’, केशवराज ज्ञवालीको ‘अर्को भोर’, उषा हमालको ‘भिक्षुसँग प्रेम’, दिपक पराजुलीको ‘मिथ्या’ र केवल बिनाबीको ‘यादहरूको संग्रहालय’ रहेका छन्।

पाँचमध्ये उत्कृष्ट कृतिलाई पद्यश्री पुरस्कार दिइनेछ। १५ असारमा २०७८ मा प्रकाशित भएर प्रतिष्ठानमा प्राप्त भएका कृतिहरूमध्येबाट १५ वटा कृतिको सूची सार्वजनिक गरिएको थियो। यी सूची खुला स्वतन्त्र निर्णायक समितिको सिफारिसमा सार्वजनिक गरिएको थियो।

हाल सार्वजनिक पाँच पुस्तकको सूचीबाट उत्कृष्ट कृति छानेर पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानले वि.सं. २०६३ सालदेखि मोफसलमा प्रकाशित उत्कृष्ट कृतिलाई पद्मश्री साहित्य पुरस्कार प्रदान गर्दै आएको छ।



प्रकाशित: Jul 31, 2022| 11:54 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।