सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कर्णाली करिडोर एक सातादेखि बन्द

कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ।
 |  आइतबार, साउन १५, २०७९
nespernesper

रासस

रासस

आइतबार, साउन १५, २०७९

कालिकोट- कर्णाली करिडोरअन्तर्गत कालीकोटको पचालझरना गाउँपालिका–८ लाफा सडकखण्ड एक सातादेखि बन्द रहेको छ। 

triton college

दैनिकजसो पानी पर्ने भएका कारणले सडक हिलाम्मे भएपछि यातायात सेवा बन्द भएको हो। सडकमा गाडी थन्किएका छन्।

लामो समयदेखि आफुहरुबीच बाटोमै अलपत्र परेको ट्रक चालक महावीर खड्काले बताए।

'म बाजुराका लागि सामान लिएर जादैँ थिए। लाफा सडकखण्ड आइतबारदेखि बन्द छ', उनले भने। हिले सडकमा ढुङ्गा–माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मे–हम्मे भएको चालक खड्का बताउँछन्।

'हप्ता दिनसम्म सडक बन्द हुँदा कसैले खुलाउन पहल गरेका छैनन्', पचालझरना गाउँपालिका–७ का कृष्णबहादुर बमले भने। 

Metro Mart
vianet

सडक खुलाउनका लागि पहल थालेपनि डोजर नहुँदा समस्या भएको  पचालझरना गाउँपालिकाका अध्यक्ष देवजङ्ग शाहीले बताए। 'सडक खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय गरिरहेका छौँ, डोजर आउनासाथ सडक खुलाउने काम हुन्छ', उनले भने।

प्रकाशित: Jul 31, 2022| 13:06 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।