आइतबार, जेठ ३, २०८३

डोटीको छहरा झरनामा पर्यटकको आकर्षण बढ्दै

मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना डोटीको जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

डोटी- माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जङ्गल, त्यसमाथि चराचुरुङ्गीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले कसको मन लोभिँदैन। यसरी मन लोभ्याउने प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना डोटीको जोरायल गाउँपालिका–२ छतिवनमा पर्दछ। पछिल्लो समय ती झरना पर्यटक आकर्षणको प्रमुख केन्द्रका रूपमा विकसित हुँदै गएको छ।

National life

हिजो आज यो झरना आन्तरिक तथा बाह्य पर्यटकका लागि प्रमुख रोजाइमा पर्न थालेको छ। जिल्लाभित्रका मात्रै नभएर अहिले यो झरनामा रमाउनका लागि सुदूरपश्चिम प्रदेशभरिकै नागरिक आउन थालेको स्थानीयवासी बताउँछन्। अहिले सो झरनामा रमाउन तथा अवलोकनका लागि आउने पर्यटकको संख्या दिनहुँ बढ्दै जान थालेको नेकपा (एकीकृत समाजवादी)का नेता तथा जोरायल गाउँपालिका–२ पात्तडाका स्थानीयवासी रोहित बोहराले बताए। 

छहरालगायतका क्षेत्रमा केही समय पहिले छतिवन पर्यटन प्रवर्द्धन तथा संरक्षण विकास समितिले प्याराग्लाइडिङ, छहरा झरनामा पर्यटकका लागि क्यानोइङको व्यवस्था पनि गरेको थियो। छहरा क्षेत्रमा पर्यटक आकर्षित गराउनका लागि निवर्तमान संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटन बोर्डबाट विभिन्न बजेट विनियोजना गराउनु भई काम अगाडि बढाइएपछि अहिले यहाँ रमाउनकै लागि दैनिक सयौँ नागरिक आउने गरेको अर्का स्थानीयवासी सिद्ध जेठाराले बताए। उनले भने, ‘छहराको विकास तथा विस्तारका लागि करोडौँ रकम विनियोजन भएको छ, काम पनि सुरु भएको छ, पर्यटक पनि दैनिक सयौँको सङ्ख्यामा आउन थालेका छन्।’

झरनामा रमाइलो गर्न आउने पर्यटक तथा यहाँका स्थानीयवासीले झरना, मन्दिर सडक, झरना तलाउमा पौडी खेल्नेलगायतको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गर्दै यसको प्रचार–प्रसारमा समेत जुटेका छन्। विगतमा खासै नाम नसुनेको यो झरनाको नाम अहिले विकास र विस्तार भएपछि र प्रायः गरी यहाँ बनेका संरचनाका बारेमा सामाजिक सञ्जालमा पोष्ट गरेकै कारण सबैको मुखमुखमा छहरा झरना झुन्डिँदै गएको जोरायल गाउँपालिका–२ बुडरका पूर्व वडासदस्य तथा स्थानीयवासी शङ्कर रावलले बताए। 

नाम मात्रै सुनेका र झरनाको तस्वीरमात्रै देखेका नागरिक पनि अहिले यो झरनासम्म पुग्ने गरेका स्थानीयवासी बताउँछन्। झरना अवलोकन तथा झरनामा रमाउनकै लागि यहाँ दैनिक सयौँ पर्यटक आउन थालेपछि अहिले यहाँको व्यापार व्यवसायमा थप वृद्धि भएको बुडरस्थित गुल्मेली होटलका सञ्चालक मनोज लामाले बताए। 

जिल्ला सदरमुकाम सिलगढीबाट तीन घण्टा तथा कैलालीको अत्तरियाबाट दुई घण्टाको गाडी यात्रामा पुगिने यो झरनामा प्रायः कैलाली र कञ्चनपुरका नागरिक बढी आउने गरेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिले जनाएको छ। कतिपय युवाहरू समूह नै बनाएर यो झरनाको अवलोकन गर्न पुग्ने गरेका छन्। आन्तरिक पर्यटक आउने तथा एक–दुई दिन यतै बस्ने गरेका कारण अहिले बुडर, गैरा, धारापानीलगायत क्षेत्रमा रहेका होटल व्यवसाय पनि राम्रै फस्टाउँदै गएको होटल व्यवसायीहरू बताउँछन्।

जोरायल गाउँपालिकाले छहरा झरना क्षेत्रसम्म पुग्नका लागि कच्ची सडकको व्यवस्था गरेको छ। कच्ची सडकमा पानी जम्ने हुँदा छहरा पुग्न केही समस्या हुँदै आएको छ। यहाँका छहरा झरनालगायत अन्य पर्यटकीय स्थललाई व्यवस्थित गर्दै गाउँमा पर्यटक भित्र्याउनका लागि सडकसहित पूर्वाधार विकास निर्माणका कार्य गर्न थालिएको सो गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए।

बुडरको छतिवनसहित डोटी जिल्लामा रहेका सम्पूर्ण धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार–प्रसार तथा सडक विस्तार गरिए यहाँ आन्तरिक तथा बाह्य पर्यटक पनि भित्रिने सम्भावना उच्च रहेको छ। आन्तरिक तथा बाह्य पर्यटक बढेपछि आर्थिक अवस्थालगायतका क्षेत्रमा सुधार हुने ठूलो सम्भावना रहेको पर्यटक व्यवसायी दीपकबहादुर खड्काले बताए।   -रासस

प्रकाशित: Jul 31, 2022| 09:56 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।