शनिबार, साउन १६, २०८३

मापसे गरेर स्कुल बस चलाउने पाँचजना पक्राउ

ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर बस चलाउने चालकलाई कारबाही गरेको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं– ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरेर बस चलाउने चालकलाई कारबाही गरेको छ।

स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लंघन गर्ने विभिन्न स्कुलका सवारीसाधनलाई कारबाही तथा सचेत गराउने अभियान अन्तर्गत आइतबार बिहान काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चेकजाँच गर्दा १६ वटा स्कुल बसलाई विभिन्न कसुरमा कारबाही गरेको छ।

यस अन्तर्गत विभिन्न स्कुलका पाँच जना चालकले मादक पदार्थ सेवन गरी स्कुल बस चलाएको भेटिएको जनाएको छ। चेकजाँच अभियानलाई निरन्तर सञ्चालन गरिने प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए।

प्रकाशित: Jul 31, 2022| 13:50 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।