आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • भूकम्पबाट खोटाङमा केही घर चर्किए, क्षतिको विवरण संकलन गर्दै प्रशासन

भूकम्पबाट खोटाङमा केही घर चर्किए, क्षतिको विवरण संकलन गर्दै प्रशासन

खोटाङको साकेला गाउँपालिका-५ मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ म्याग्नीच्युडको भूकम्प गएको छ। आइतबार बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको हो।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

खोटाङ- खोटाङको साकेला गाउँपालिका-५ मात्तिमबिर्ता केन्द्रबिन्दु बनाएर ६ म्याग्नीच्युडको भूकम्प गएको छ। आइतबार बिहान ८ बजेर १४ मिनेटमा भूकम्प गएको हो।

National life

भूकम्पबाट खोटाङमा केही घरमा क्षति पुगेको छ। साकेला-५ का वडाध्यक्ष जीवन न्यौपानेले मात्तिमबिर्तामा एक घर चर्किएको बताए। 'अहिलेसम्म हामीले एक घर चर्किएको र एक घरको टायल खसेको खबर पाएका छौं,' उनले भने।

हलेसी तुवाचुङ नगरपालिकाकी मेयर विमला राईले वडा कार्यालयमार्फत क्षतिको विवरण उपलब्ध गराउन सूचना जारी गरिएको बताएकी छन्। यस्तै, हलेसी तुवाचुङ–७ महादेवस्थानमा केही घरको पर्खालको ढुंगा खसेको वडाध्यक्ष कमल गिरीले बताए।

प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईले हालसम्म मानवीय क्षतिको विवरण नआएको जानकारी दिएका छन्। 'मानिस आत्तिएका थिए। घरबाहिर निस्किएर मानिसको भागाभाग भएको थियो। अहिले अवस्था सामान्य छ,' उनले भने।

खोटाङस्थित पत्रकार दमन दाइले अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको बताएका छन्।

Shivam cement

पूर्वी नेपालमा भूकम्प गए पनि काठमाडौं उपत्यकासहित सिन्धुली, काभ्रे, सिन्धुपाल्चोक, चितवन, मकवानपुर, धादिङलगायतका जिल्लामा पनि धक्का महसुस गरिएको थियो।

प्रकाशित: Jul 31, 2022| 11:30 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...