आइतबार, जेठ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अयोध्याको राम मन्दिरमा धनुष राख्न निधि र महामन्त्री रायबीच छलफल 

अयोध्याको राम मन्दिरमा धनुष राख्न निधि र महामन्त्री रायबीच छलफल 

अयोध्या भ्रमणका क्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विलमेन्द्र निधिले राम मन्दिरमा धनुष राख्न गरेको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्नो कार्य समितिमा छलफल गरी सहमति गराउने बचन दिएका छन्।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

अयोध्या- भारतको अयोध्यामा निर्माणाधिन राम मन्दिरमा जनकपुरधामको जानकी मन्दिर तथा मिथिलाबासीको तर्फबाट धातुको धनुष नेपालमै निर्माण गरी राख्न श्रीराम जन्मभूमि तीर्थक्षेत्र सहमत भएको छ।

National life

अयोध्या भ्रमणका क्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता विलमेन्द्र निधिले राम मन्दिरमा धनुष राख्न गरेको प्रस्तावलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महामन्त्री चम्पत रायले आफ्नो कार्य समितिमा छलफल गरी सहमति गराउने बचन दिएका छन्।  

छलफलका क्रममा महामन्त्री रायले यो प्रस्ताव सबैले मान्नैपर्ने महत्वपूर्ण बिषय भएको बताए। उनले त्यसमा व्यक्तिगत रुपमा आफू पूर्ण सहमत भएको भन्दै राम मन्दिर ट्रस्ट र निर्माण समितिको बैठकमा प्रस्ताव राखेर निर्णय गर्नुपर्ने बताए। रायले भने ‘मलाई बिश्वास छ त्यो प्रस्ताबमा सबैले सहमति जनाउनु हुनेछ।’

धनुष राख्नका लागि लामो समयदेखि गृहकार्यमा रहेका कांग्रेस नेता निधि र श्रीराम जन्भभूमि तीर्थक्षेत्रका महामन्त्री रायसहित शनिबार अयोध्यामा छलफल भएको थियो। छलफलमा जानकी मन्दिरका महन्थ श्री रामतपेश्वर दास लगायत जनकपुरवासी तथा राम मन्दिर ट्रस्टका सदस्य डा. अनिल मिश्र लगायतको सहभागिता रहेको थियो।  

त्यस अवसरमा नेता निधिले महामन्त्री रायलाई नेपालमा निर्माण गरिएको धनुषको नक्सा हस्तान्तरण गरेका थिए। यसैबीच, राम मन्दिरमा राखिने रामको प्रतिमा नेपालको कालिगण्डकी क्षेत्रको शिलाबाट  बनाउने बिषयमा पनि निधि र रायबीच बिस्तृत छलफल भएको छ।  

लामो समयदेखि बिबादमा रहेको रामजन्मभूमिका बिषयमा भारतको सर्बोच्च अदालतको फैसलापछि अयोध्यामा राम मन्दिर निर्माण कार्य अघि बढाइएको छ। सन् २०२४ भित्र मन्दिर निर्माण गरिसक्ने लक्ष्य राखिएको छ।

प्रकाशित: Jul 31, 2022| 10:24 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।