आइतबार, जेठ ३१, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • दुई दिनको पाहुना जस्तो गठबन्धनको लहलहैमा अदालत लाग्नु हुँदैन : ओली

दुई दिनको पाहुना जस्तो गठबन्धनको लहलहैमा अदालत लाग्नु हुँदैन : ओली

राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले न्यायाधीशहरू चाकडीमा लागे आफ्नो पार्टीले कदम चाल्ने चेतावनी समेत दिए।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी ओलीले गठबन्धनलाई दुई दिनको पाहुना भएको संज्ञा दिएका छन्। राष्ट्रिय युवा संघ नेपालको प्रथम केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले न्यायाधीशहरू चाकडीमा लागे आफ्नो पार्टीले कदम चाल्ने चेतावनी समेत दिए।

National life

कायममुकायम प्रधानन्यायाधीश दीपक कार्की र एक नेताबीच दुई घन्टा छलफल भएको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीले उक्त चेतावनी दिएका हुन्।

‘एक जना नेता कुदेर कायममुकायम प्रधानन्यायाधीशजी कहाँ गएर दुई घन्टा बसेर बाहिर निस्किए। ती नेता घरतिर लागे। श्रीमानजी अदालततिर लागे। के भयो त्यहाँ?,’ उनले प्रश्न गरे।

ओलीले नेपालका अदालतमा लेनदेन चल्ने गरेको आरोपसमेत लगाएका छन्। उनले यस्ता कुरा सधैँ हुन नहुने टिप्पणी गरेका हुन्।

न्यायाधीशहरूले नै अदालत घुस्याहा र भ्रष्ट भयो भनिरहेको उल्लेख गर्दै उनले न्यायाधीशहरूले पनि निष्पक्ष भएर न्यायसम्पादन गर्नुपर्ने प्रस्ट पारे। 

Shivam cement

सत्तागठबन्धनलाई ढोडको लौरो भएको ओलीको आरोप छ। गठबन्धनको लहैलहैमा नलाग्न न्यायाधीशहरूलाई आफूले सुझाव दिन चाहेको उनले बताए।

प्रकाशित: Jul 31, 2022| 12:54 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...