मंगलबार, चैत ३, २०८२

कोरोना संक्रमण दर बढेपछि सीमा क्षेत्रमा कडाइ

शुक्रबार १९ जनामा संक्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा संक्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

बैतडी- सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर दोब्बरले वृद्धि भएको छ। शुक्रबार १९ जनामा संक्रमण देखिएकामा शनिबार एकैदिन ३२ जनामा संक्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

National life

यसका साथै साउन महिनाको दुई साताको संक्रमण दर हेर्दा पनि पहिलो भन्दा दोस्रो साता दोब्बरले बढेको पाइएको छ। पहिलो  साता ५६ जनामा संक्रमण देखिएकामा दोस्रो साता थप एक सय १३ जनामा संक्रमण पुष्टि भएको छ।

भारतमा कोरोना संक्रमण दर नियमितरूपमा बढिरहेकाले सीमा जोडिएको यस प्रदेशमा संक्रमण दर बढ्दै गएको निर्देशनालयका कोभिड-१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए। 

दुई हप्ता अगाडि  शून्यमा झरेको कोरोना संक्रमण दर हाल बढ्दै गएसँगै जोखिम बढेको हो। गत असार ३२ गते शून्यमा झरेको संक्रमण दर त्यसयता बढ्दै गएको छ। उनले भने, ‘पूर्वनिर्धारित कार्यक्रमअनुसार नै सीमा क्षेत्रको जोखिम व्यवस्थापनको काम भइरहेको हो। सीमानाकामा हेल्थ डेस्क स्थापना गरेर आवश्यक जनशक्ति परिचालन गरेर परीक्षण र खोपको काम निरन्तर रूपमा भइरहेको छ।’

सीमा क्षेत्रमा जोखिम बढेकाले  यहाँका सबै नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको छ। यसका साथै कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि कोरोनाविरुद्धको खोप अभियानलाई प्राथमिकतामा राख्दै बुस्टर डोजको मात्रा पनि सबैलाई दिइने कार्य निरन्तर रूपमा सञ्चालनमा रहेको जोशीको भनाइ छ। संक्रमण दर बढेकाले जनस्वास्थ्यका मापदण्ड अनिवार्यरूपमा पालना गर्न निर्देशनालयको आग्रह छ।

Laxmi sunrise bank
kumari

सुदूरपश्चिम प्रदेशमा हालसम्म पाँच लाख ५८ हजार  सात सय ४३ जनाको कोरोना परीक्षण गरिएकामा ५९ हजार आठ सय ९९ जनामा संक्रमण पुष्टि भइसकेको छ। संक्रमणकै कारण यस प्रदेशमा छ सय ३३ जनाको ज्यान गइसकेको छ।


प्रकाशित: Jul 31, 2022| 10:56 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्