आइतबार, जेठ ३, २०८३

झापामा ३१ हजार बढीले लिए नागरिकताको प्रमाणपत्र

आर्थिक वर्ष २०७८/७९ मा नागरिकता लिनेको संख्या गत आर्थिक वर्षको तुलनामा दोब्बर भएको प्रशासनले जनाएको छ।
 |  आइतबार, साउन १५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, साउन १५, २०७९

झापा- जिल्ला प्रशासन कार्यालय झापाबाट आर्थिक वर्ष २०७८/७९ मा नागरिकता लिनेको संख्या गत आर्थिक वर्षको तुलनामा दोब्बर भएको प्रशासनले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले गत असार मसान्तसम्ममा ३१ हजार ३१ जनाले नागरिकताको प्रमाणपत्र लिएको जानकारी दिए।

National life

नागरिकता लिनेमध्ये वंशजका आधारमा २० हजार २४१, वैवाहिक अंगीकृतका आधारमा ५४९ र प्रतिलिपि १० हजार २४१ जनाले लिएको उनले बताए।

अघिल्लो आव २०७७/७८ मा १३ हजार २४ जनाले मात्र नेपाली नागरिकता प्रमाणपत्र लिएका थिए। सो अवधिमा कोभिड–१९ का कारण लामो समय सार्वजनिक सेवा बन्द गर्दा नागरिकता लगायतका कार्य समेत प्रभावित भएको थियो। 

आर्थिक वर्ष २०७८/७९ मा जिल्ला प्रशासन झापाबाट ११ हजार ७४६ जनालाई राहदानी वितरण गरिएको छ। जसबाट मात्र ८ करोड ६५ लाख १५ हजार ५०० राजस्व संकलन भएको सहायक प्रजिअ न्यौपानेको भनाइ छ।

उनका अनुसार सोही अवधिमा कार्यालयमा ७४ वटा संघसंस्था दर्ता, ५६३ संस्था नवीकरण, नाबालक परिचयपत्र ३४१ वटा वितरण गरिएको छ। असार मसान्तसम्ममा प्रशासनले राहदानी शुल्क, प्रशासनिक दण्ड जरिवाना, सेवा शुल्क, हातहतियार नवीकरण शुल्क, सम्पत्ति बिक्रीबापत ९ करोड १ लाख ९२ हजार १९२ राजस्व संकलन गरेको छ। अघिल्लो आव २०७७/७८ को सोही अवधिमा ६ हजार १८८ जनालाई मात्र राहदानी वितरण गरिएको थियो।

प्रकाशित: Jul 31, 2022| 10:23 आइतबार, साउन १५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।